कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
13 Shares


तोलाकान्त बगाले/वालिङवालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७ सय २५ संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. १६ लाख १५ हजार ७ सय २५ संकलन भएको हो ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा दुर्गा खिमा फाउण्डेशन वालिङबाट ५१ हजार, शितलनगर बैकल्पिक खानेपानी उपभोक्ता समूहबाट २० हजार, वालिङ ब्याडमिण्टन क्लब वालिङबाट १५ हजार, मैदान पर्यटन होमस्टे वालिङ १२ सिर्सेकोटबाट १० हजार ५ सय ५०, भानूभक्त र चित्रकला सुबेदी वालिङ ८ बाट १० हजार १ सय, मोहम्मद दिन मियाबाट १० हजार गरी सोमबारमात्रै कूल एकलाख १६ हजार ६ सय ५० संकलन भएको हो ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…