भैरहवा/भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रुपन्देहीका ३ वटा पालिकामा रहेको बिपद ब्यवस्थापन कोषमा सहयोग गरेको छ ।सहकारीले कोरोना भाईरसबाट जोगिन स्थापना गरिएको रुपन्देहीको सिद्धार्थनगर नगर पालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारीको प्रधान कार्यालय रहेको र सम्पर्क कार्यालयहरु रहेको पालिकामा मास्क सहित केही रकम सहयोग गरिएको सहकारी अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए ।
सिद्धार्थनगर नगर पालिकामा रहेको बिशेष बिपद् ब्यवस्थापन कोषमा २१ हजारको चेक सहित १ सय थान मास्क, मायादेवी गाउँपालिकामा १५ हजार सहित १ सय थान मास्क र रोहिणी गाउँपालिकामा पनि १५ हजारको चेक सहित १ सय थान मास्क प्रदान गरिएको कर्णले बताए ।बिपद परेको बेला संस्थाले आफ्नो शेयर सदस्य रहेको स्थानमा एकद्वार प्रणालीबाट राहत प्रदान हुने विश्वासका साथ नगद सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको संंस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले बताए ।रकम स्विकार गर्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले पालिकाले स्थापना गरेको बिपद् ब्यवस्थापन कोषमा गाउँपालिकाको तर्फबाट ५१ लाख रकम पुर्याईएको बताए । उनले गाउँपालिकाको एकल प्रयासले मात्र बिपद्को समयमा सबैलाई राहत प्रदान गर्न असमर्थ भएकोले सबैलाई कोषमा रकम जम्मा गरेर सहयोग गरि दिन आग्रह गरे । रोहिणी गाउँपालिकाको कोषमा हिमचुलीको सहयोग सहित गाउँपालिकामा रहेका ईट्टा उद्योगहरुबाट संयुक्त रुपमा ८१ हजार तथा स्थानिय ब्यक्ति भोला प्रसाद क्षेत्री र पवन कुमार मिश्रबाट जनही ५ हजार ५ सयको दरले सहयोग प्राप्त भएको उनले बताए ।