नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
24 Shares


मोहन न्यौपाने/तिलोत्तमा-लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ परिवारलाई बिपन्न राहत वितरण गरीएको छ । स्थानिय नवज्योति क्लबले स्थानिय स्तरमा सहयोग स्वरुप उठाएको राहत तथा सहयोगलाई तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा बहालमा बसेका बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको अध्यक्ष दिपेश कंडेलले बताउनुभयो।

तिलोत्तमा नगरपालिका तथा वडा नं.२ का जनप्रतिनीधि एवं टोल बिकास संस्थासंगको सहकार्यमा आफ्नो वार्ड का करिब १ सय ७७ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर दुरू मापन गरि समयानुसार राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो । राहतमा चामल १० के.जी.,दाल २ के.जी,तेलआधा लि.र नुन १ के.जी.राखी वितरण गरिएको थियो ।

क्लबले तिलोत्तमा वडा न.२ का त्रिशक्ति पशुपति टोल बिकास संस्थाका १६ परीवार, जागृति टोल बिकास संस्थाका १२ परीवार,संसारीमाई टोल बिकास संस्थाका ७ परीवार,सिद्देश्वर टोल बिकास संस्थाका २६ परीवार,शिवालय टोल बिकास संस्थाका १८, मध्यबिन्दु टोल बिकास संस्थाका १२ परीवार,सगरमाथा टोल बिकास संस्थाका ८ परीवार,लक्ष्मी टोल बिकास संस्था १२ परीवार,मालिका टोल बिकास संस्था ६ परीवार गरि जम्मा १सय १७ परिवारलाइ राहत वितरण गरिएको हो । तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गण र तपाह स्थित शिवालय मन्दिरमा वितरण गरिएको राहत लिन समय अनुसार दुरी मापन गरि कोरोना र लकडाउनलाइ मध्यनजर गरि बाडिएको थियो ।क्लबले तिलोत्तमा वार्ड १ का राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारको लागि भोलि चैत्र २५ गते बिहान ८ बजे दुर्गादत्त मावि शारदास्कुलको प्रांगणमा क्लबमा संकलित राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष दिपेश कंडेलले बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…