नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण

प्रकाशित मिति:

रामु भुसाल/विश्वका अधिकांश राष्ट्रहरु विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रमणबाट प्रभावित रहेको र यसको जोखिममा नेपालमा पनि उच्च रहेकोले प्रकोपबाट बच्न विगत ११ गते देखी नै सिगों मुलुक लकडाउनमा रहेको अवस्थामा सो कलडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र उच्च सावधानी अपनाउनु् पर्ने अवस्थालाई मध्य नजर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले जिल्लाका सात वटै स्थानिय तहका प्रमुखहरुलाई भेटी त्यहाको अवस्थाका बारेमा जानकारी लिदै पार्टीका भातृ संगठन तथा शुबेच्छुकहरु संग छलफल गर्नुभएको छ ।

लकडाउनका बेलामा नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरु र पश्चिम नवलपरासीमा मुख्य नाकाहरु बन्द भएपनि लुकीछिपि विभिन्न बाटोको प्रयोग गरि आवत जावत भइरहेको प्रति नेकपा पश्चिम नवलपरासीको गम्भिर ध्यामनाकर्षण समेत भएको हुदा सो कार्य नियन्त्रण गर्न छलफल समेत गरिएको जानकारी दिनुभएको छ । दिउसोको बेला लकडाउनको प्रभाव राम्रै परेपनि रातको मौका छोपी जिल्लाको झुलनीपुर, बहुवार, धर्मौली, बसहिया लगायतका सिमा नाका आसपासमा चहलपहल बढ्ने गरेको र त्यस क्षेत्रको खेत, खोला नाला तथा विभिन्न नहरको बाटो प्रयोग गरेर भारतीय बजारबाट आलु, प्याज, लसुन, दाल लगायतका खाद्य बस्तुहरु नेपालतर्फ भित्राउने कार्य भइरहेको समाचार प्रकाशित भएको प्रति चासो राख्दै अध्यक्ष तिवारीले जिल्लाका सात वटै स्थानिय तहहरुमा पुगी प्रमुखहरु संग छलफल गर्र्दै त्यहाँ रहेका क्वारेन्टाइनको अवस्था तथा क्वारेन्टाइनमा बसेकाहरुलाई के कस्तो सेवा सुविधा छ भन्ने लगाएतका विषयहरुमा छलफल भएको नेकपा जिल्ला अध्यक्ष तिवारीले बताउनुभएको छ ।

अध्यक्ष तिवारीले सिमा नाका क्षेत्रमा लकडाउनले तस्करहरुलाई खासै असर नपारेको थाहा पाएपछी नेकपा पश्चिम नवलपरासीले जिल्ला संग जोडिर रहेका सिमानाकाहरुमा पुगी सुरक्षा ब्यवस्थाबारे जानकारी लिदै यस बिषम परिस्थितीमा सुरक्षागत हिसाबले कुनै पनि बेला कूनै पनि प्रकारको लापरवाही नगर्न तथा लकडाउनको अवज्ञा गरि आवत जावत गर्नेमाथि थप कडाईका साथ प्रस्तुत हुन निर्देशन पनि दिनुभयो । साथै उहाँले विपतिको बेलामा लकडाउनको मारमा परेका अति विपन्न, गरिब तथा असहायहरुलाई आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउदै दुखको यस घडिमा सहयोगमा जुट्न तथा सरकारले घोषणा गरेको लकडाउनको पुर्ण पालना गरि देशलाई सकंट मुक्त बनाउनमा सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गर्नुभएको थियो ।