बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
203 Shares


प्रकश न्यौपाने

नवलपरासी चैत्र २४
बर्दघाट नगरपालिकाले कोरोना भारसले निम्त्याएको प्रकोपको सामना गर्न र विपन्न बर्गका लागि राहात वितरण गर्नका लागि स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा सहयोग जुट्ने क्रम जारी छ ।


नगरपालिकाले स्थापना गरेको कोषमा नगर भित्र रहेका प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरुले उपलब्ध गराएको सहयोग रकम बर्दघाट नगर प्याब्सनले आज नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्तरण गरेको छ ।  प्याब्सनले नगर भित्रका १७ वटा संस्थागत विद्यालयबाट संकलन भएको २ लाख ५० हजार रुपैयाँ नगर प्याब्सन गोपाल आले सहितको टोलीने नगर प्रमुख बस्याललाई हस्तान्तरण गरेको हो ।

कोषमा न्यूलाईफ सेकेण्डरी स्कुल बर्दघाट ४ ले ३५ हजार, होखि एञ्जल ई. सेकेण्डरी स्कुल बर्दघाट १ ले २५ हजार, होली केयर ई. सेकेण्डरी स्कुल बर्दघाट ५ पालडाँडाले २० हजार, यूनिभर्सल क्याम्ब्रीज बर्दघाट १३ ले २५ हजार, ग्लोबल एकेडेमी बर्दघाट १० बाट २० हजार, ग्लोरियस एकेडेमी बर्दघाट ४ बाट २० हजार, मनकामना ई. बोर्डिङ स्कुल बर्दघाट ४ बाट १० हजार, ज्ञानकु१ज शिक्षा सद नबर्दघाट १३ बाट १० हजार, माउण्ट एभरेष्ट ई. बोर्डिङ स्कुल बर्दघाट २ बाट २० हजार सहयोग भएको छ ।

त्यस्तै ओसिस मोडेल एकेडेमी बर्दघाट १६ ले १० हजार, एक्स आर्मी पब्लीक इ. सेकेण्डरी स्कुल बर्दघाट ४ ले १० हजार, विज्डम बोर्डिङ स्कुल बर्दघाट ७ ले १० हजार, लुम्विनी ई. स्कुल बर्दघाट १५ ले १० हजार, नवजागरण ई. स्कुल बर्दघाट १३ बाट ५ हजार, बर्दघाट ईनलाईटन ई बोर्डिङ स्कुल बर्दघाट २ ले १० हजार, आइरिस एकेडेमी बर्दघाट २ ले ५ हजार र मझौनी सनसाईन बोर्डिङ स्कुलले ५ हजार सहयोग रकम उपलब्ध गराएको नगर प्याब्सनका अध्यक्ष गोपाल आलले बताउनुभएको छ । राहात रकम बुझ्दै नगर प्रमुख बस्यालले विपदको बेलामा सहयोग गरेकोमा नगर प्याब्सनलाई आभार ब्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…