आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।

२४ चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
74 Shares


बिश्व प्रकाश भट्टराई चापाकोट  ,चापाकोट नगरपालिका मार्फत राहत बितरण गर्ने क्रममा उत्पन्न भएको बिबाद मिलेको छ । नगर प्रमुख शिवकुमार गिरीको सक्रियतामा आज बिबाद मिलाईएको हो । चापाकोटको ६ नम्वर वडामा खाद्यान्न लगायतका राहत सामाग्री बितरणका क्रममा आईतवार सामान्य बिबाद भएको थियो । विवादसँगै धकेलाधकेल हुँदा स्थानीय सुमन विक घाईते भएको समाचार बाहिरिएको थियो । आज भएको छलफल पछि, सुमन विक सबलपोष्ट का प्रतिनीधी राधाकृष्ण डुम्म्रे संग  भन्नुभयो, “सामान्य विवाद हो, आज मेयरसावको उपस्थितीमा हामीले मिलेर जाने सहमति गरेकाछौं,” उहाँले थप्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चलाएको अभियानलाई साथ दिएर जानेछु ।” उहाँले दुवै पक्षको असमझ्दारीका कारण विवाद हुन पुगेको स्पष्ट पार्नु भयो ।

यता चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले बिभिन्न मिडियामा आफ्नो नाम जोडिएर समाचार आएको भन्दै दुख व्यक्त गर्नुभयो । आफूहरु निरन्तर बिपन्न र मजदुर नागरिकको लागि खटेका भन्दै नगरप्रमुख गिरीले नागरिकलाई भोकै बस्ने अवस्था आउन नदिन लागि परेको बताउनु भयो । नगरपालिकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि व्यवस्थित कार्ययोजना नै बनाएर काम गरिरहेको प्रमुख गिरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…