लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र जेसिसले पनि गरे सहयाेग

२५ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
268 Shares


साेम दियाली, सर्लाही । चैत्र २४, साेमवार । सर्लाहीकाे लालबन्दीमा नगरपालिकाले स्थापना गरेकाे “काेराेना भाईरस विपन्न सहायता काेष”मा यहाँका शिक्षकहरुले एक दिन बरावरकाे तलव जम्मा गरेका छन् । नगरपालिका भित्रका सबै सामुदायिक विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले एक दिनकाे तलब बराबरकाे रकम ३ लाख ४ हजार ७३६ रुपैया काेषमा जम्मा गरेकाे नेपाल शिक्षक महासंघ लालबनदीका नगर अध्यक्ष केदार प्रसाद घिमिरेले बताउनु भयाे । त्यस्तै विपत तथा विभिन्न सामाजिक काममा क्रियाशिल रहदै अाएकाे लालबनदी जेसिसले समेत उक्त काेषमा ३० हजार सहयाेग रकम जम्मा गरेकाे जेसिस लालबन्दीका अध्यक्ष किरण घिमिरेले जानकारी दिनु भयाे । लक डाउका समयमा काेही पनि भाेकले नमरुन भन्ने उदेश्यले अाफुहरुले पनि थाेरै सहयाेग गरेकाे अध्यक्ष घिमिरेले बताउनु भयाे । यसैवीच, नगरपालिकाले नगरका विपन्न श्रमिक वर्गलाई राहत वितरण सुरु गरेकाे छ । प्रदेश सरकारको १५ लाख, लालबन्दी नगरपालिकाको १५ लाख र विभिन्न मनकारी व्यक्ति तथा संघसंस्थाबाट प्राप्त झण्डै पाैने १७ लाख सहित ४६ लाखकाे काेराेना भाईरस विपन्न सहायता काेष स्थापना गरि राहत वितरण सुरु गरिएकाे नगरपालिकाले जनाएकाे छ । नगरपालिकाका २ अाेटा वडा बाहेक बाँकी १५ अाेटै वडामा राहत वितरण गरिएकाे नगरपालिकाका कर्मचारी कम्प्युटर अपरेटर काेमलहरी गाैतमले बताउनु भयाे । सबै वडाबाट राहत वितरणको लागि ४ हजार ४ सय ३६ विपन्न परिवारको नामावली संकलन गरिएको छ । नामावली सम्बन्धमा दावी विरोध र गुनासो गर्न सूचना आब्हान समेत गरिएकोले लक्षित परिवारको संख्या केही थपघट हुन सक्ने कम्प्युटर अपरेटर गौतमले जानकारी दिनुभयो । नगरपालिकाले १ जना मात्र सदस्य भएकालाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र अधा लिटर खाने तेल, २ देखि ४ जनासम्म सदस्य संख्या भएको परिवारलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र अधा लिटर खाने तेल वितरण गर्ने वनाएकाे छ । त्यस्तै ५ जना भन्दा बढी सदस्य संख्या भएको परिवारलाई १५ किलो चालम १ किलो दाल, १ किलो नुन र १ लिटर खानेतेल वितरण गर्न सबै वडा अध्यक्षहरुलाई निर्देशन दिईएकाे नगर प्रमुख मान वहादुर खड्काले बताउनु भयाे । उहाले अापतकालीन अवस्थाकाे सामना गर्न नगरवासिलाई अपिल समेत गर्नु भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…