अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

प्रकाशित मिति:

एजेन्सी / अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ६६ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म ४ हजार ७ सय बढी मृत्यु भइसकेको छ ।साभार – खबरहब बाट