बिदेशबाट आई होम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य जांच,सबैको स्वास्थ्य अवस्था सामान्य

प्रकाशित मिति:

२४ चैत्र,कञ्चन÷जगिलाल थापा , रुपन्देहीको कञ्चन गाउपालिकामा छिमेकी देश भारत सहित तेश्रो मुलुकबाट आएक ब्यक्तिहरुको स्वास्थ्य जांच गरिएको छ । बैदेशिक रोजगारको क्रममा छिमेकी देश भारत सहित बिभिन्न तेश्रो मुलुकमा गई महामारीको रुपमा कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि घर फर्किएका ब्यक्तिहरुको घरघरमै गई स्वास्थ्य जांच गरिएको हो । रुद्रपुर स्वास्थ्य चौकी र गजेडी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको बिशेष टोलीले बिदेशबाट आई आफ्नै घरमा होम क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको स्वास्थ्य जांच गरेका हुन ।स्वास्थ्यकर्मीहरुको ७ वटा टोली बनाई सम्बन्धित वडाका जनप्रतिनीधिहरुको समन्वय र नेतृत्वमा कञ्चनका ५ वटा वडाका १ सय ४ जना ब्यक्तिहरुको स्वास्थ्य जांच गरिएको कञ्चन गाउपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।

बिश्वभर महामारीको रुपमा कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित रहन बिदेशबाट आएका सबै कञ्चनवासीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिए अनुसार होम क्वारेन्टाइनमा बसेका १सय ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएकोछ। कञ्चनको वार्ड नं. १ मा २४ जना,वार्ड नं. २ मा ९ जना,वार्ड नं. ३ मा २० जना,वार्ड नं. ४ मा २० र वार्ड नं. ५ मा ३१ जना गरी होम क्वारेन्टाइनमा रहेका १ सय ४ जनाको स्वास्थ्य जांच गरिएको थियो ।

कञ्चनको दुई स्वास्थ्यचौकीमा बहिरंग सेवा र ज्वरो क्लिनिक सुचारु गरिएको छ । सामान्य रुघाखोकी तथा ज्वरोका बिरामीहरुलाई नजिकका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुले भर्ना नलिएको र कतिपय अस्पतालहरु कोरोनाको सम्भाबित संक्रमण हुने डरले बन्द गरिएको ब्यापक बिरोध आएपछि कञ्चनका दुईवटा स्वास्थ्यचौकीहरुले नियमित रुपमा बहिरंग सेवा र ज्वरो क्लिनिक सेवालाई संचालनमा ल्याइएको स्वास्थ्य शाखा कञ्चनका बिर बहादुर बरमलेले जानकारी दिनु भएको छ। स्वास्थ्य चौकीको नियमित सेवा बन्द थिएन कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न र सम्भाबित बिरामीहरुलाई सुरक्षित क्वारेन्टाइनमा राख्नु पर्ने र सो क्वारेन्टाइनको ब्यबस्थापनमा स्वास्थ्यकर्मीहरुले समय दिनु पर्दा केही समयको लागि बन्द जस्तै थियो अव नियमित रुपमा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीहरुले स्वास्थ्यचौकीमा आई जांच गराउन सक्ने बरमलेले जानकारी दिनु भएको छ। आज आएका रुद्रपुर स्वास्थ्यचौकीमा आएका ज्वरोका २ जना र बहिरंग सेवामा जांच गराउन आएका १५ र गजेडी स्वास्थ्यचौकीमा ज्वरोका २ जना तथा बहिरंगमा सेवामा जांच गराउन आएका ४ जना गरी २३ जनाको अवस्था सामान्य भएको र निजहरुलाई बिरामीको प्रकृति अनुसार औषधी दिएर घरमा आराम गर्न र नियमित औषधी तथा तातोपानी सेवन गर्न सुझाव दिएको क्वारेन्टाइन ब्यबस्थापन संयोजक बरमलेले जानकारी दिनु भएको छ ।