कक्षा ११ र १२ को परीक्षा स्थगित

प्रकाशित मिति:

२५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ । यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा ९एसईई०पनि स्थगित गरेको थियो । अन्तिम समयमा परीक्षा स्थगित गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका थिए ।