मेडिकल कलेजले उच्च ज्वरोको विरामी देखे पछि कोरोनाका त्रासमा विरामीलाई भर्ना नगरे पछि उपचार नपाएर ३६ वर्षीय महिलाको मृत्यु ।

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु २५ चैत  कोरोनाको त्रासमा उपचार नपार कपिलबस्तुको यशोधरा गाउंपालिका वडा नं ६ रंगपुरकी ३६ वर्षीय महिला कलामुननिसाको मृत्यु भएको बताएको छ । उच्च ज्वरो आएर कपिलवस्तु अस्पतालबाट रिफर भई भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेज पुगेकी स्थानीय ३६ वर्षीय कलामुननिसाको मेडिकल कलेजले उपचार नगरिदिंदा उनको मृत्यु भएको परिवारजनले बताएका छन् । गत राती एक्कासी ज्वरो आए पछि उनलाई उपचारका लागि परिवारले गाउंबाट कपिलवस्तु अस्पताल लगेको बताए । कपिलवस्तु अस्पतालको ईमरजेन्सी वार्डमा उपचार गराएकी विरामी निसाको अवस्थामा सुधार नआए पछि उनलाई थप उपचारको लागी राती नै भैरहवा स्थित मेडिकल कलेजमा रेफर गरी पठाईएको अस्पतालले जनाएको छ । रातीको समयमा विरामी निसालाई मेडिकल अफिसरले ईमरजेन्सी वार्डमा उपचार गरेको र उनको अवस्था विग्रन सक्ने देखि पछि थप उपचारका लागि उनलाई मेडिकल कलेज रिफर गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बन्जाडेले बतायका छन् । कलामुन निसालाई भैरहवा स्थित मेडिकल कजेल पुर््याउंदा मेडिकल कलेजले भर्ना नै लिन नमानेको उनका पति अब्दुल्लाह मुसलमानले बताए । मेडिकल कलेजले भर्ना लिन नमाने पछि निसालाई भैरहवाकै भीम अस्पतालमा लगियो, पति अब्दुल्लाहले भने, “तर त्यहां पनि उपचार गर्न नमानेको र अनि घर फर्काईयको बताएको छ । श्रीमतीलाई घर फर्काए पनि आफ्नो पीडा स्थानीय वडा अध्यक्ष श्याम नारायण उपाध्यायलाई पोखेको बताएको छ । वडा अध्यक्ष उपाध्यायले प्रमुख जिल्ला अधिकारीलाई घटना बारे बताउंदा प्रमुख जिल््ला अधिकारी दिर्घनारायण पौडेलले तत्काल कपिलवस्तु अस्पतालमा विरामी ल्याउन आग्रह गरे पछि विरामी निशालाई पुन अस्पताल पुर्याईएको वडा अध्यक्ष उपाध्यायले बताए । विहान अस्पतालमा आउंदा उनको मत्यु भई सकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बन्जाडेले बताए । मेडिकल कलेजले उच्च ज्वरोको विरामी देखे पछि कोरोनाका त्रासमा विरामीलाई भर्ना नगरेको पिडित परिवारले बताएका छन् । अन्य सामान्य अवस्थामा निशुल्क वस सेवा दिएर कपिलवस्तुबाट विरामी चेक अपका लागि भैरहवा स्थित मेडिकल कलेजले विरामी ओसार्दै आएको छ । तर यो बेलामा सामान्य अवस्थामा पनि विरामीको उपचार न गरिदिंदा अकालमा निसाको मृत्यु भएको वडा अध्यक्ष उपाध्यायले बताएका छन् । मृतक निसाले ४ दिन अघि स्थानीय मेडिकलबाट सामान्य ज्वरोको औषधी खांदै आएकी बताएको छ । सो औषधीले उनको अवस्थामा सुधार नभई स्वास्थ्य अवस्था जटिल हुदै गए पछि परिवारजनले निसालाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याएको बताएको छ ।