तेस्रो सैनामैना महोत्सवको तयारी पूरा मेलाको समुद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री पोखरले गर्ने

प्रकाशित मिति:

माधव ज्ञवाली  \ सैनामैना ७ कार्तिक
सैनामैना व्यापार संघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । कार्तिक ८ गते दखि सुरु हुने मेलाको सम्पूर्ण तयारी पूरा भएकोे बुधवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो । मेलाको उद्घाटन प्रदेश नं ५ का माननीय मुख्य मन्त्री शंकर पोखरेलले गर्नु हुने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।
देश निर्माणमा व्यापारको आवश्यकता,व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ सञ्चालन हुन गईरहेको महोत्सवमा स्थानिय उत्पादन तथा व्यवसायिक सामानहरुलाई व्यापक प्रचारप्रसार गरी सैनामैना नगरपालिकालाई व्यापार ग्राम “द बिजनेस भिलेजको रुपमा”विकास गरिने लक्ष्यले मेलाको आयोजना गरिएको सैनामैना व्यापार संघका अध्यक्ष एवं मेलाका संयोजक जिवनाथ पाण्डेले बताउनुभयो । सैनामैनाको समग्र विकाश र समृद्धिका लागि कृषि उत्पादानको बजार प्रवद्र्धन गर्नुका साथै सैनामैनामा रहेका ऐतिहासिक,धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रियीकरण गर्ने मेलाको मुख्य उद्देश्य रहेकोे पाण्डेको भनाई छ ।
११ दिन सम्म चल्ने मेलामा १० करोड बराबरको आर्थिक कारोबार तथा डेढ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य आर्कषणको रुपमा वडा स्तरीय दोहोरी गित प्रतियोगिता,सेल्फी जोन प्रतियोगिता र बम्पर उपहारलाई लिइएको संस्थाका महासचिव देवराज पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो — स्वदेशी तथा विदेशी वस्तुहरुको प्रदर्शन तथा बजारीकरण गरिने छ, भने मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता,डान्सिङ आईडल, मम्मी डान्स बृहत सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकाहरुको बेजोड प्रस्तुतिका साथमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, झुला पिङहरु रहनेछन् ।
त्यसै गरी व्यापार मेलामा २ सय १६ स्टलहरु रहेका छन् । जसमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा दुग्घजन्य पदार्थ,उनी तथा गलैचा,तयारी पोशाक,अचार उद्योग,अल्लो धागो उद्योग,रंगरोगन निर्माण सामाग्री,शैक्षिक तथा अन्य सेवामुलक,बैंक तथा वित्तीय संघ संस्था, ईलेक्ट्रिक तथा इलोक्ट्रोनिक,फर्निचर तथा फर्निसिङ,अटो मोबाईल्स लगायतका १९६ वटा स्टलहरु रहेका छन् । यस्तै २० वटा होटल तथा रेष्टुरेन्ट स्टलहरु रहेका छन् । महोत्सव अवलोकनका लागि प्रति टिकट रु ५० तोकिएको र विद्यार्थीहरुको हकमा परिचयपत्रका आधारमा रु ३० शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । त्यसका साथै अपाङ्ग, बालबालिका तथा ७० वर्ष माथिका बृद्धबृद्धालाई निःशुल्क प्रवेश दिइने प्रचारप्रसार समितिका संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।
सैनामैना नगरपालिकामा आयोजना गरिने महोत्सवलाई सैनामैना व्यापार संघ र उद्योग वाणिज्य संघले आलोपालो रुपमा गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गर्न लागेको हो । सैनामैना व्यापार संघका अध्यक्ष जिवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालको स्वागत तथा महासचिव देवराज पौडेलको संचालनमा सम्पन्न भएको हो ।
मेलाको पूर्वसन्ध्यामा ¥यालीको आयोजना
व्यापार संघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय कृषि पर्यटन तथा औद्योगिक व्यापार महोेत्सवमा मेलाको पूर्वसन्ध्यामा जनचेतना ¥याली निकाल्ने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने ¥याली पूर्वबाट रानिबगिया देखि र पश्चिममा रामापुर कलौनी बजारबाट पन्चे बाजा, झाँकी सहितको ऐतिहासिक ¥याली निकालिने आयोजकले जनाएको छ ।
सैनामैनामा रहेका सम्पुर्ण सरकारी तथा गैरसरकारी निकाय,स्थानिय संघसंस्था,आमा समुह,क्लव,विद्यालय,पत्रकार, सुरक्षाकर्मी लगायत सम्पूर्ण सैनामैनाबासीलाई आफ्नो पहिचान झल्किने,पहिरन र झाँकी तथा संस्थाको व्यानरसहित सहभागिताका लागि व्यापार संघले आग्रह गरेको छ ।
पर्रोहा बोलबम मन्दिरको आकारमा प्रवेशद्वार निर्माण
तेस्रो सैनामैना राष्ट्रिय महोत्सव २०७५ मा मुख्य प्रवेशद्वार सैनामैनामा अवस्थित ऐतिहासिक महत्व बोकेको पर्रोहा परमेश्वर बोलबम धाम मन्दिरको आकारमा निर्माण गरिएको छ । सैनामैनाको विशेषता एवम् पहिचान झल्काउने र पशुपतिनाथ पछिको पश्चिम क्षेत्रकै दोस्रो पशुपति भनेर चिनिने बोलबम मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रर्वद्धन गर्नका लागि बोलबम मन्दिरको आकारको गेट निर्माण गरिएको मञ्च,प्रवेशद्धारा तथा सचिवालय निर्माण व्यवस्थापन उपसमितिका संयोजक भानु पाण्डेले जानकारी दिनुभयो ।