मेगा बैंकद्वारा राहत प्रदान

२५ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
67 Shares


विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न. ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा मेगा बैंक नेपाल लिमिटेडले रु. ५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल चौराहा साखा कार्यलयका प्रमुख दिपक न्यौपानेले प्रदेश ०५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलको कार्यकक्षमै पुगी उक्त रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा मुख्यमन्त्री पोखरेलले महामारीको यो समयमा बैंकले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो। काठमाडौंमा केन्द्रीय कार्यलय रहेको बैंकले प्रत्येक प्रदेशको कोरोना राहत कोषमा रू ०५ लाख रुपैयाँको दरले र केन्द्रिय राहत कोषमा रू ०१ करोड गरि जम्मा ०१ करोड ३५ लाख रुपैयाँ प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलिले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया