कञ्चनमा एक युवतीले गरिन आत्महत्या

प्रकाशित मिति:

जगिलाल थापा/कञ्चन-रुपन्देहीको कञ्चनमा एक युवतीको आत्महत्या भई मृत्यु भएको छ।रुपन्देही जिल्ला कञ्चन गाउपालिका वार्ड नं. ४ अस्नैया बिरेन्द्रचौककी अन्दाजी १७ बर्षकी लिजा थापाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।अन्दाजी दिउस २ बजेको समयमा उनकी आमा रिता थापाले आफ्नै घरभित्र रहेको सिंलिङ फेनमा झुण्डिरहेका अवस्थामा देखेपछि छिमेकीलाई गरेका थिए । घरको कोठा भित्र त्यसरी झुण्डिएको अवस्थामा झुण्डिएकी लिजा थापाको आवस्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,सालझण्डीले सर्जमिन मुचुल्का बनाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल बुटवलमा पठाइएको ई.प्र.का.रुदपुरले जनाएको छ।

रुद्रपुर माध्यमिक बिधालय,कञ्चन ४,रुपन्देही कक्षा ११ मा अध्ययनरत लिजा थापाले किन आत्महत्या गरिन भन्ने बारेमा अनुसन्धान हुने इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ।