ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्

२५ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
52 Shares


काठमाडौं –  विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिइरहेको छ । करोडौं मानिसहरु लकडाउनका कारण घरभित्र थुनिएका छन् । त्यसैले घरमै बसेर कार्यालयको काम गर्ने नयाँ संस्कार प्रवर्द्धन भइरहेको छ ।लामो समयससम्म घरमा काम गर्दा ल्यापटप तात्ने समस्या हुनसक्छ । यसले कार्यक्षमतामा पनि गिरावट आउँछ । तर तपाईंले केही कुराहरुमा ध्यान दिनुभयो भने यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। – कहिले पनि विद्युतीय उपकरण पुछ्नका लागि भिजेको कपडा प्रयोग नगर्नुहोस् । यदि ल्यापटपको सिपियू फ्यानले काम गरिरहेको छैन भने उक्त उपकरणलाई लामो समयसम्म प्रयोग गर्नुहुँदैन । यदि तपाईंले यस्तो अवस्थामा लामो समयसम्म काम गर्नुभयो भने यसबाट उपकरण अत्यधिक तात्न सक्छ ।

– यदि ल्यापटक पुरानो भयो भने पनि त्यसलाई लामो समयसम्म चलाउँदा तात्न सक्छ । यस्तो अवस्थामा अतिरिक्त कुलिङ किटको प्रयोग गर्नु राम्रो हुन्छ । तपाईंको ल्यापटपको बनावटअनुसारको कुलिङ किट किन्नुपर्छ । कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तातिरह्यो भने तपाईंले ल्यापटपको ब्याट्री नै फेर्नुपर्ने हुन्छ । ल्यापटपमा पटकपटक चार्जर जोड्दा पनि तात्ने समस्या हुनसक्छ ।

– धेरैजसो ल्यापटप कुलिङका लागि तलबाट हावा लिन्छ । यस्तो अवस्थामा ल्यापटक तकिया वा कमपडामा राख्दा पनि ल्यापटपमा भेन्टिलेसन हुन पाउँदैन । तसर्थ, ल्यापटपलाई कुनै सम्म सतहमा राख्नुपर्छ । यसबाट पनि अत्यधिक तात्ने समस्या समाधान गर्न सकिन्छ । यदि ल्यापटपलाई लामो समयसम्म चलाउनुछ भने ल्यापटप मुनि कुनै पुस्तक वा सामग्री राखेर चलाउँदा तलबाट भेन्टिलेसन हुन पाउँछ र ल्यापटप तात्न पाउँदैन ।

– ल्यापटपलाई समय समयमा सफलता गर्नुपनि अत्यावश्यक हुन्छ । धूलोका कारण हावा आवतजावत गर्न नसक्ने समस्याले पनि विद्युतीय उपकरण तात्न सक्छ । हरेक दुईदेखि तीन दिनको बीचमा ल्यापटप उपयुक्त ढंगले सफाई गर्नु उपयुक्त हुन्छ । यसबाट तपाईंको ल्यापटप तात्दैन र लामो समयसम्म पूर्ण क्षमताका साथ काम गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि