देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान

प्रकाशित मिति:

काठमाडौँ /देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू–भागको एक(दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।यस्तै बुधबार राति नै पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी क्षेत्रका एक-दुई स्थानमा वर्षाको सम्भावना समेत रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअलवा देशका देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।

थप समाचार