मौरीकाे मह खाँदा यस्ताे कुरामा फाईदा

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
180 Shares


मौरीहरूले विभिन्न प्रजातिका वनस्पति -जडिबुटीसहित) हरूको फूलमा भएको रसलाई सङ्कलन गरी तयार पार्ने तरल वस्तुलाई मह भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् ।जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले

आक्रमण गर्न पाउँदैनन् । दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ ।विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।

औषधोपचार

१. अमलपित्तको रोगमा – फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।

२. दमको रोगमा – बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

३. रुघा, खोकी लागेमा – बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

४. टंसिल भएमा – टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

५. शूल भएमा , धेरै दीसा लागेमा – जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

६. घाँटी बसेमा – एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।

७. भोक जगाउन – १ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।

८. खोकी लागेमा – दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।

९. कफ जमेर गाह्रो भएमा – फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

१०. स्त्रीको मासिक धर्म रोकिएमा – बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान/बेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

११. अल्काई भएमा – एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…