नगर प्रमुखकै पेट्रोल पम्पबाट मिसावट तेल विक्री

प्रकाशित मिति:

गुल्मी कार्तिक ८ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको लगानीमा सञ्चालित पम्पबाट प्रज्वलनशिल तरल पदार्थ  (पेट्रोल, डिजेल) मिसावट गरि बिक्री गरिएको उपभोक्ताहरुले गुनासो गरेका छन ।
रेसुङ्गा नगरपालिका वडा नं २ मा रहेको दिपक बोहोरा आयल स्टोर्स भनेर चिनिने पेट्रोल पम्प नगर प्रमुख भुसालको लगानीमा सञ्चालित रहेको छ ।
पेट्रोल पम्पबाट पेट्रोलमा डिजेल मिसावट गरि बिक्री गर्दा दर्जनौं मोटरसाईकलको इन्जिनमा समस्या आएको मोटरसाईकल धनीहरुले बताएका छन । उपभोक्ता विपरित कालोबजारी भईरहदाँ स्थानीय प्रशासन र सरकार मौन बस्नु लज्जास्पद भएको आम नागरिकको बुझाई रहेको छ । आमजनताको उपभोग गर्ने अधिकार माथि खेलवाड भएको भन्दै नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समितिले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
नाम नबताउने सर्तमा एक मोटरसाईकल धनिले भने  ‘उक्त पम्पबाट पेट्रोल भरिसकेपछि सवारीमा समस्या देखिएको र ग्यारेजमा चेक गराउँदा पेट्रोलमा मिसावट भएको र मिस्त्रीले अब यो पेट्रोल काम लाग्दैन भनि पोखिदिएका हुन । ‘
नेपालको सविंधानको धारा ४४ मा उपभोक्ताको हक मौलिक अधिकारका रुपमा ग्यारेन्टी गरिए पनि नगरप्रमुखकै पम्पबाट गैरजिम्मेवार पूर्वक कारोबार गरिनु जनविपरित काम गएिको आम उपभोक्ताले गुनासो गरेका छन् ।
यसै विषयलाई उपभोक्ताहरु मारमा परेको भन्दै नेविसंघ गुल्मी, तरुण दल गुल्मी र नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समितिले प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाई कारवाहीको माग गरेका छन ।