बर्दघाट नगरमा बजार अनुगमन तिव्र पारीने

प्रकाशित मिति:

प्रकाश न्यौपाने 
चैत्र २६ गते
नवलपरासी । बर्दघाट नगर भित्र महगीं बढेको खवरहरु सार्वजानिक भए पछि बजार अनुगमन तिव्र पारीने भएको छ । बर्दघाट नगर भित्रको अबजार अनुगमन समितिको संयोजक नगर उपप्रमुख मायादेवी पौडेलले बताउनु भयो । पौडेल भन्नुहुन्छ – ‘बर्दघाट नगरपालिका भित्र हामीले बजार अनुगमन तिव्र बनाउछौं । नगरपालिका र निजी क्षेत्रबाट उद्योग बाणिज्य संघका साथिहरु मिलेर अनुगमन गर्छौं ।’

यसै बिच बर्दघाट उद्योग बाणिज्य संघले अहिलेको परीस्थितिमा खाद्यान्न, तरकारी र दुग्ध लगायतका अति आवस्यक पसलहरु सञ्चालन गरीएको र पछिल्लो समय उपभोक्तहरुबाट कालोबजारीका गुनासाहरु आएकोले सम्पुर्ण व्यापारीहरुलाई मुल्य सुचि टासंगर्न अनुरोध गरीएको महासचिव दिनेश न्यौपानेले बताउनु भयो । आज देखी बर्दघाट उद्योग बाणिज्य संघले बजार अनुगमन गरीरहेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । अध्यक्ष भन्नुहुन्छ – ‘ हामीले आफ्नो तरीकाले बजार अनुगमन गर्दैछौं अनुगमनको क्रममा कालो बजारी गरेको कुरा थाहा हुन आएका प्रचलित कानुन अनुसार कारवाही हुने हुदा सम्पुर्ण व्यवसायी सचेत हुन जरुरी रहेको छ ।’