डेरावाल र प्रवासी विद्यार्थीका बारेमा नेविसंघको चासो

प्रकाशित मिति:

काठमाडौँ । नेपाल विद्यार्थी संघले देशभरी पढाईका क्रममा डेरा लिएर बसेका तथा विपतको समयमा घर जान नपाएका विद्यार्थीहरुका लागि उच्च प्राथमिकता राखेर राहत वितरण गर्न आग्रह गरेको छ ।  नेपाल विद्यार्थी संघले आज बुधबार विज्ञप्ती जारी गर्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई त्यहाँका दुतावास मार्फत सबै किसिमको सहयोग उपलब्ध गराउन पनि माग गरेको छ ।

संघले सरकारले सहयोग गर्छ भन्ने प्रत्याभुति गराउँने मौकालाई सदुपयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।  नेविसंघका महामन्त्री युवराज पाण्डेले डेरा गरेर बिभिन्न ठाउमा बस्ने विद्यार्थीहरु लामो समयसम्मको लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य भएकाले आफुहरुले सरकारको ध्यानाकर्षण गराएको बताएका छन । उनले विद्यार्थीहरुको तत्काल पहिचान गरि तत्काल राहतको प्याकेज ल्याउनुपर्ने र अध्ययनका शिलिशलामा बिदेश रहेका विद्यार्थीहरुको संकट र समस्या समाधान गर्नु पर्नेमा जोड दिए । संकटमा परेका सवै प्रवासी विद्यार्थीहरुलाई सम्बन्धित देशमा रहेको दुतावास र अन्य निकायहरुबाट सहयोग र साथ दिनुपर्ने माग नेविसंघले राखेको जानकारी दिए ।