नेका सभापति देउवाले लिए अष्ट्रेलियाका नेपालीहरुको जानकारी

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
73 Shares


कोरोना भाईरस कोभिड १९ ले बिश्वलाई त्रसिद बनाईरहेको बेला संक्रमण बाट बच्न अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सावधानी अपनाएर सुरक्षित बस्न नेपाली कांग्रेस पार्टिका सभापति एबम नेपाल सरकारका पूर्व प्रधानमन्त्रि आदरणिय शेर बहादुर देउवाले अनुरोध गर्नु भएको छ । कोरोना भाईरस संक्रमणको बारेमा जानकारी लिने अभिप्रायले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति एबम परिस्थितिको बारेमा चासो राख्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी संग प्रत्यक्ष फोन सम्पर्क गरी जानकारी लिनु भएको छ ।

बार्तलाभमा उहाँले सबै नेपालीहरुलाई संक्रमण बाट बच्न र बचाउन आवस्क सतर्रकता अपनाउन अनुरोध गर्नु भएको छ । संसदमा प्रतिपक्षको भूमिका निभाई रहेको नेपाली कांग्रेसले यस्तो दुःखद परिस्थितिमा आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाउदै सरकारलाई नेपालीहरुको रक्षाका लागि कार्य गर्न घचघचाईरहेको जानकारी समेत दिनु भएको छ । काम गुमाएर समस्यामा परेका बिद्यार्थी, भ्रमण भिषामा गएका नेपाली नागरीकहरुलाई परेको समस्यामा सकेको सघाउन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियालाई निर्देशन समेत दिनु भएको छ । उहाँले यो दुःखद परिस्थितिलाई सबैले झेल्नु पर्ने बध्यता भएकाले भयबित नभई बस्न सन्देश प्रभाव गर्नु भएको छ ।

परिवार भेटन आएर नेपाल फर्कन नसकीरहनु भएका नेपाली अबिभावकहरु र नेपाल फर्कन चाहने बिद्यार्थीहरुलाई यथा सिग्र नेपाल पर्कने व्यवस्था मिलाउन सरकार र सरेकारवाला संग समन्वय एबम अपिल गरीदिन सभापति देउवा संग नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष गिरीले अनुरोध समेत गरेको जानकारी दिनुभएको छ । समितिले अष्ट्रेलियाका आठ ओटै राज्य समितिका संयोजकहरुकोे संयोजकत्वमा आपतकालीन सहयोग समिति गठन गरी कार्य थालेको छ भने डा। कृष्ण हमालको संयोजकत्वमा पोलेसी एण्ड प्लान, डा। डिल्ली बन्जाडेको संयोजकत्वमा मेडिकल टिम र निरज श्रेष्ठको संयोजकत्वमा बिद्यार्थी एबम अबिभावक सहयोग समिति गठन गरी कार्य थालेको अष्ट्रेलियाबाट हामीलाई NSW) को संयोजक सितल गिरिले जानकारी दिनु भयको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया