” महां विपत्तिले दिन्छ। मानवताको अर्थ “

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


✍️ महेश घिमिरे (केदार)  समय गतिशील छ। नत यसलाई नियन्त्रणमा लिन सकिन्छ। न त आफ्नो वशमा पार्न सकिन्छ। कहिले हाँसो त कहिले आँसु। कहिले दुःख त कहिले सुखका तरंग बोकी दौडिरहेको छ। आज भोलिसँग जति फरक छ। पर्सि सँग पनि त्यति नै फरक हुन्छ। यसलाई के थाहा महाविपत्तिको बेथाहा।
थाहा छ। हामि लाइ आज विश्व जगत नै कोरोना भाइरसको संक्रमणको महाविपत्तिमा छटपटिरहेको छ। आज सिंगो मानवजाति कोरोना भाइरसको संक्रमणको महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ।  परिवर्तनको तीव्र वेग मा दौडिरहेको यो विश्व जगतमा अाज ब्रेक लागेको छ। अाफुलाई सर्वव्यापी ठान्ने मानब जाति अाज कोभिड १९ को त्रासमा कुना पसि वस्नु परेको छ।

कोरोना भाइरस अर्थात् (कोभिड-19) पहिलोपटक चिनको वुहान प्रान्तबाट सुरु भयो। एक पछि अर्को हुदै त्यहाँ हजारौं मानिस को मृत्यु र लाखौं संक्रमित हुन पुगे। र संकटको अवस्थासमेत सिर्जना भयो। जुन अवस्थामा सकरात्मक र नकरात्मक दुवै किसिमका टिकाटिप्पणी हुनथाले एक देशले अर्को देशलाई खुच्चिङ को साथमा मजाक लिँदालिँदै आज । २०८ देशमा फैलिएको कुरा सर्वविदित नै छ।  यसरी एकपछि अर्को देशमा आक्रमक रुपमा फैलिएको यस कोरोना भाइरस को संक्रमणले विश्व आक्रान्त बनेको यो अवस्थामा यति खेर  विश्व एकताको खांचो देखिएको छ। एक देशले अर्को देशलाई खुचिङ नभनी एकेबद्धता भएर चुनौती को सामना गर्दै यस संक्रमणलाई निवारण गर्न पट्टि लाग्नु पर्ने देखिन्छ। इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने। यो महाविपत्त अर्थात यो कोरोना भाइरस को संक्रमण यसरी एक पछि अर्को देशमा डढेलो सरि फैलिनु अाज बिश्वयुद्ध पछिकै ठूलो चुनौति को रुपमा साबित भएको छ।

यदि यही गतिमा यही आक्रमक शैलीमा हाम्रो देश नेपालमा पनि कोरोना भाइरस को संक्रमण डढेलो सरि फैलिन थाल्यो भने सोच्नु होस् त। स्थिती कस्तो होला। हामी कल्पना पनि गर्न सक्दैनौ नत हाम्रा कुनै पनि संयन्त्रले यसलाई रोक्ने छन्। नत कुनै प्रार्थना र लाखौं दियोको उज्याला ले छेक्ने छन्। भन्ने कुरा त विकसित देशहरूको स्थितिले प्रमाणित गरिसकेको अवस्था छ। हेर्नुस त ती विकसित देशहरुलाई अाफ्ना सारा संयन्त्रहरु प्रयोग गर्दा पनि हालत कुन अवस्थामा पुगेको छ। संसारलाई आफ्नो हत्केलामा नचाउँछु, मंगलग्रहमा बस्ती बसाल्छु भन्नेहरु पनि आज संक्रमण को डरले कोठा भित्र बन्दी बनेका छन्। यसतो अवस्थामा हाम्रो साथमा सजग र सचेत बाहेक हरु केहि हुदैन। यता विश्व स्वास्थ्य संगठनले नेपाल लाइ अति जोखिमपूर्ण श्रेणीमा राखेको अवस्थामा हामि र हाम्रो राज्य यति खेर कत्तिको संवेदनशील भएका छौं त….. ?यस्तो सकंटको बेला मानब ले मानबता देखाउने समय हो। यो अारोप प्रत्यारोप गर्ने समय होइन। काम गर्ने अनि अाफु पनि बाच्ने र अरुलाई पनि बचाउने समय हो।यो लुट्ने समय होइन एकआपसमा बाडिचुडि खाने समय हो ।  राज्यले के-के गर्छ। भनि पुर्पुरोमा हात राखेर गन्ने बेला होइन। मैंले के गरे र अझै के गर्न सक्छु। भनि सोच्ने र कर्तव्यबोध गर्ने बेला हो। यो मानवीय संकटको घडीमा हामी मानवरुपी मनहरु मानवता बोकि जस्तो सुकै बिपत्त संग पनि जुद्धन सक्नु पर्दछ। यो संसारमा मानवता भन्दा ठूलो अरु केही हुन सक्दैन।

तर अपसोच यो सबैले आत्मसाथ नगर्न पनि सक्छन्। किनकि हिजोका ति माहा बिपत्तिमा चान्स मा डान्स गर्ने पापिष्टहरु जो महा भुकम्प को बेला जस्ता पाता रासन पानि लुकाउनेहरु र आज यो महां सकंट को बेला माक्स,सेनिटाइजर (पिपिइ) देखि स्वास्थ्य सामाग्री हुदै राहात माथि पनि गिध्दे नजर लाउने हरु यहाँ अझै जिवितै छन्। धमिलो पानीमा माछा मार्ने दाउमा र्याल काड्दै बस्ने यहाँ कति छन्। कति कोहि यो संकट को त्रासमा कुम्लिएका जनताहरुलाई त्रसित बनाउदै। कृत्रिम अभाव सिर्जना गरि कालो बजारि गर्न व्यस्थ छन्। त केहि राजनितिकका ठेकेदार कुर्सी फुत्किहालछ कि भनि ढुक्न मा व्यस्थ छन्। भने  कोहि सात पुस्ते सम्पति कमाउन पाइहालिन्छ कि भन्ने कुरामा तल्नि छन्।यस्ता अमानवीय र घृणित कार्यहरुले हिजो भन्दा अाज आज भन्दा भोलि मानिस हरु स्वार्थी र अवसरवादी बन्दै गएको अवस्थामा कतै भोलि मानवता नै संकटमा पर्ने हो कि। भन्ने चिन्ता रहेको छ।हामी देख्न सक्छौँ। ती विकसित देशहरु परिवर्तनको तीव्र वेग मा दौडिदा आफुले आफैलाई र परिवार नै चिन्न मुस्किल पर्ने अवस्था सिर्जना भएको छ। आत्मीयतामा खडेरी परेको छ। संस्कारमा तीव्र परिवर्तन छ। हग र चुम्बन लाइ स्वागत द्वार ठान्छन्। दुई फिटको टालोले आफ्नो इज्जत लुकाउ छन्। त्यही देखासिकी मा आज हाम्रो समाज पनि परिवर्तित हुदै गएको छ। आफ्नो संस्कारलाई भुल्दै विकसित देशहरुका हरेक गतिविधिहरुलाई नियाल्दै अात्मसाथ गरिरहेको अवस्था छ। तर जे होस् आज ( कोभिड 19) ले एउटा राम्रो संस्कार सिकाएको छ। हग र चुम्बन लाइ लत्याउँदै नमस्ते लिएर आएको छ। नमस्ते लाइ विश्वव्यापी बनाएको छ।

यति खेर नेपाल अत्यन्तै संवेदनशील घडीमा छ। र नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। मुलुक लकडाउनको १६अौ दिनमा प्रबेस गरेको छ।
वर्तमान स्थितिलाई हेर्ने हो भने नेपालमा कोरोना भाइरस को संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्था छ। भोलि यसैगरी तेस्रो र चौथो चरणमा गयो भेने। महामारीकै रुप लियो भने। हामी कल्पना पनि गर्न नसकेको अवस्था नआउला भन्न पनि सकिदैन। एकपछि अर्को गर्दै आज ९ जना संक्रमित भइसकेको अवस्था छ। जसले गर्दा आज राज्य र स्वयं हामी जनताले पनि गहन अध्ययन का साथ संयमित हुने बेला आएको छ । यतिबेला जनता र राज्यले हातमा हात साथ मा साथ मिलाइ यसको सामना गर्नु बाहेक हरु कुनै विकल्प देखिँदैन।अहिले सम्म बिस्व जगत नै यो संक्रमणका बारे अनविज्ञ रहिरहेको अवस्थामा र बिकसित देश हरु नै यस सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा। यसपल्ट अन्तर्राष्ट्रिय जगतबाट अन्य समयका संकटमा जस्तै सहयोग अाउछ। भन्न सक्ने सम्भावना कम छ। तसर्थ राज्य यतिवेला आफ्ना संयन्त्रलाई चुस्त दुरुस्त बनाउँदै जुजारुक का साथ योजनाबद्ध रुपमा जनताको साथमा अघि वड्नु पर्ने देखिन्छ।यस संक्रमणलाई रोक्न र तेस्रो ,चौथो चरणमा पार गर्न नदिन स्वास्थ्य सेवाको प्रवाहबाट मात्र सम्भव भएको हुनाले राज्यको हरेक संयन्त्र यसैमा केन्द्रित हुन आवश्यक देखिन्छ।भनिन्छ। हतियार बिना कुनै पनि सिपाहीलाई युद्धमा होम्याउनु त्यो अपराध हो । तसर्थ आज यो पनि एउटा कोरोना भाइरसको र मानब जातिको युद्ध हो। यतिखेर यो युद्धका सिपाही भनेका स्वाथ्यकर्मी हुन्। उनीहरुका हतियार भनेका माक्स,ग्लोबस,सुरक्षित पोशाक (पीपीई) लगायत,पर्याप्त परीक्षण प्रयोगशाला आइसोलेशन वार्ड, आईसीयू र भेन्टिलेटर हुन।

सरकार यो कुराहरुमा एक रत्ति पनि कन्जुस्याइँ नगरी सर्वसुलभ तरिकाले उपलब्ध गरानुपने देखिन्छ। देशभरका स्वास्थ्यकर्मीहरुलाई उत्साहित गर्दै बिभेद पूर्ण रहित तरिकाले पुर्ण विश्वासका साथ लिएर राज्य अगिबड्नु पर्ने देखिन्छ।साथै राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, ब्यबसायिक विभिन्न सामाजिक संघसंस्था र नागरिक अभियन्ताहरु लगायत हामि सबै ले आफ्नो-आफ्नो ठाउँबाट यो संक्रमणको घडीमा जोखिमका बीच सार्वजनिक दायित्व पूरा गर्नुपर्दछ।यो हामी सबैको संयमको परीक्षा हुनेछ । यसले आउने संकटको सामना गर्ने क्षमताको परीक्षा गर्नेछ।सरकारको निर्देशनमा स्थानीय तहदेखि प्रदेश केन्द्रसम्म उपयुक्त स्थानमा क्वारेन्टाइन हरुको निर्माण गरिएको छ। ति क्वारेन्टाइन हरु प्रचारमुखी भन्दापनि कार्यन्वयन मुखी हुनु आवश्यक देखिन्छ। सुनिदै छ कहिकतै क्वारेन्टाइन मा बसेका हरु सामान्य किसिमको सुबिधा र खान पनि नपाएर भागेका छन्। यस्ता अमानविय क्रियाकलापहरु भएका छन्। भने तुरुन्तै सरकारले निगरानी गरोस्।

अस्पतालमा भर्ना भएका संक्रमितहरू र शंकास्पद रुपमा रहेका बिरामि हरुलाइ छिटो छरितो तवरले चौबिसै घण्टा अनुभवी स्वास्थ्यकर्मीको उपस्थितीमा स्वास्थ्य सेवाहरू को साथ मा सुविधा पनि उपलब्ध गराइयोस्।लकडाउनका बेलामा सरकारले अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेहरूको लागि राहात वितरण को योजना लिएको छ। यो अत्यन्तै सहारनिय काम भएको छ। जुन योजनालाई पनि कार्यान्वयनमा ल्याइएको छ। यसलाई अत्यन्तै प्रभावकारी ढंगले वितरण गरिनुपर्ने देखिन्छ।सुनिँदैछ। राहत वितरणमा आफ्ना मान्छे हेरियो। हुनेखानेलाई बाँडिएको छ। भन्ने कुराहरु यदि यस्तो अमानवीय कार्य भएको छ। भने सरकारले तत्कालै कठोर निर्णय लिन पर्ने देखिन्छ।महामारीको यो महासंकट ले गर्दा अाज विश्व जगत नै आर्थिक संकटमा परिरहेको बेला आउदा दिनहरुमा आर्थिक मन्दिको साथमा भोकमरी नलाग्ला भन्न सकिँदैन। गरीबीको रेखामुनी रहेको यो हाम्रो देश एकछाक खान को लागि आफ्नो किड्नी बेच्ने देखि चौबिसै घण्टा आफ्नो पसिना बगाउने हरुलाई घरी-घरी आउने यि महां संकटले झनै पीडामाथि पीडा थुपार्ने गरेको छ। समस्याहरु अनेक छन् ती समस्याहरुलाई छिचोल्दैयो महा बिपत्तिको बेला राज्य लगायत हामि सबै मिलि उद्धारका योजनाहरु बनाएर अघि बढ्नुपर्ने देखिएको छ। हिजो महाभूकम्पले तर्सिएका हामी आज पुनः कोरोना भाइरसको संक्रमण ले तर्सिएका छौ।
थाहा छ। यो सङ्कटलाई पनि हामि पार लगाउने छौ। यस्तो बेला अफवाह पनि उठ्दछन् । समस्या पनि आउँदछन् । एउटा देशले चाहेर पनि अर्को देशलाई सहयोग गर्न नसक्ने अवस्था आउन सक्छ। यस्तो बेला हामि सबै संवेदनशील भएर आफ्नो हौसला बुलन्द राख्नुपर्दछ। भनिन्छ कार्य क्षमता देखाउन अवसर चाहिन्छ। अाज त्यो अवसर महासंकटको रूप लिएर आएको छ। विश्वास छ। आर्थिक नाकाबन्दीका समय स्वाभिमान र कुशल क्षमता प्रदर्शन गरेका केपी ओली ले यो महासंकटमा पनि अाश गरौ कुशल क्षमता प्रदर्शन गर्नेछन्। र जनताको स्याबासी र अझ धेरै समर्थन पाउने छन्।आम नागरिक पनि राज्यका सम्पूर्ण संयन्त्र सँग सहकार्य का साथ सरकारलाई समर्थन गर्दै। संकल्प गरौं कि म आफै संक्रमित हुन बाट बच्ने छु। र अरुलाई पनि संक्रमित हुनबाट बचाउने छु। घरबाट निस्किने र भीडभाडमा नजाने कुरामा हामि सयंम अपनाउ। हामी बिस्वासका साथ लागौं यो (कोभिड 19) र मानव जातिको यो लडाइँमा मानब जातिको जीत अवश्य हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया