राप्तीको स्थानियतह प्रकोप ब्यवस्थापन कोषमा नामसालिङको सहयोग

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
610 Shares


तिर्थराज ज्ञवाली / दाङ – कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती क्षेत्रमा कार्य गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडिसी) इलामले दाङ जिल्ला राप्ती गाउँपालिकाको स्थानियतह प्रकोप ब्यवस्थापन कोषमा रकम सहयोग गरेको छ ।नामसालिङ सामुदायिक विकास केन्द्र इलामको कार्यक्रम संयोजन तथा ब्यवस्थापन समितिको निर्णय अनुसार कोरोना महाब्याधि नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनबाट प्रभावित विपन्न समुदायका लागि राहत साझेदारी स्वरूप ५० हजार रकम कोषमा जम्मा गरेको नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोद निरौलाले जानकारी दिनुभएको छ ।

लगडाउनको कारण गाउँपालिकामा आउन नसक्दा गाउँपालिकाले आब्हान गरेको आई पी यस अनलाईन मार्फत राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं ०१५४०००००२६७५२४ मा रु ५० हजार रकम जम्मा गरिएको नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ प्रतिनिधि शशाङ्क आचार्यले बताउनु भएको छ ।नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडिसी) इलामले सरकारले आहवान गरेको लकडाउनबाट प्रभावित ३ जिल्लाका ४ स्थानिय तहमा विपन्न समुदायका लागि राहत साझेदारी समेत गरेको छ । इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका, दाङको राप्ती गाउँपालिका र दोलखाको कालिञ्चोक गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५० हजारको दरले राहत जम्मा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया