बुटवल उपमहानगरपािलकामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरको नक्शा न्यूनतम शुल्कमा बनाउन शुरु

प्रकाशित मिति:

बुटवल उपमहानगर पािलकाले एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्कमा बनाउन शुरु गरेको छ । उपमहानगरको आर्थिक वर्ष २०७५÷७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने नक्शा न्यूनतम शुल्कमा बनाएर १४ जनाको नक्सा हस्तान्तरण पनि गरेको हो ।बिहिबार एक समारोहका बिचमा १४ जनालाइ सेवा लिएकोमा धन्यबाद सहित सम्मान गरेको हो । अहिलेसम्म ४१ जनाले यसबारेमा परामर्श लिएको जनाएको छ ।नक्शा डिजाइन बापत भुइ तलाका लागि रु ५ हजार र सो भन्दा माथि थप रु ३ हजार शुल्क तोकेको छ । तोकिएको मापदण्डअनुसार घर बन्ने आशाले यसप्रकारको अभियान थालिएको नगर प्रमुख शिबराज सुबेदीले बताए ।
निजी प्रविधिज्ञले नक्शा डिजाइनका लागि उपमहानगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन् । उपमहानगरपालिकाले नै प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने तयारी गरेको छ ।नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याक रहको छ ।सेवाग्राहीले घर नक्शा निर्माणका लागि जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्शा, फाइल नक्शा, घर धनीको फोटो , चारकिल्ला विवरण ,चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद लगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ । उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनीयर सुमन श्रेष्ठले डेस्क सञ्चालन भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा दिइने बताउछन् ।सेवाग्राहिले सेवालाइ छिटो र छरितो बनाउन सुझाब दिदै आएका छन् । सहुलियमा घरको नक्सा तथा डिजाइनको सेवा लिएका १५ सेवाग्राहीलाई आज सम्मान समेत गरेको छ ।