कर्णाली मनकारी सांसद : जसले आफु पैसा तिरेर, एम्बुलेन्समा मुग पुर्याए बिरामीलाई

प्रकाशित मिति:

सुर्खेत, २६ चैत । कर्णाली प्रदेश सभाका सबैभन्दा कान्छा प्रदेश सभा सदस्य दानसिंह परियारले सुर्खेतमा उपचार गराई अलपत्र दुइ जना मुगालीको एम्बुलेन्स खर्च तिरेर उद्धार गरि बुधबार मुगु पठाएका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि उपचारमा रहेका छायानाथ रारा वडा (१३ का डिल बहादुर कामी र नेपालगन्ज भेरी अस्पतालमा पेटको बिरामी भै मुगु फर्किने क्रममा सुर्खेतमा छाँयानाथ रारा वडा (१० का सुर बहादुर नेपालीको उद्धार गरेका हुन ।
‘हामीसँग भएको उपचार खर्च सबै सकिएको थियो । अस्पतालमा बस्दा झन खर्च भइरहेको थियो ।’ १५ दिन देउती अस्पतालमा उपचार गराइरहेका डिलबहादुरले भने, ‘उहाँले ४५ हजार भन्दा बढी निजी खर्च गरेर हामीलाई मुगु पठाई दिनु भएको छ । उहाँलाई सधैं भगवानले साथ देओस भन्ने कामना गर्दछु ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण आफू गमगढी पुग्न नसक्ने अवस्थामा रहेका बेला सांसद परियारले गरेको सहयोग जीवनमा भूल्न नसक्ने बताए । उनी मुगुमै सडक दुर्घटनामा परि घाईते भएका कारण करिब १५ दिन देखि देउती अस्पताल सुर्खेतमा उपचाररत रहेका थिए । अर्का सुरबहादुर नेपालगञ्जमा उपचार गरी सुर्खेतमा आइ अलपत्र परेका थिए । ती दुवै जनालाई सांसद परियारले उद्धार गरेका हुन । ‘उहाँहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । मैले नीजि खर्चमा भएपनि उहाँलाई घरसम्म जानको लागि एम्बुलेन्सको व्यवस्था गरि पठाईदिएको छु ।’ उनले भने, ‘यसका अलावा अलपत्र परेका सयौं मुगाली जनतालाई उद्धार गरी मुगु पठाइसकेको छु ।’