कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा भएका प्रयासका विषयमा मुख्यमन्त्रीको चासो

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
43 Shares


रीमा बि.सी. / बुटवल – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागिसीमावर्ती क्षेत्रका पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री ज्यूले गर्नुभएको यो पाचौें भिडियो संवाद हो । संवादमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर सहभागी हुनुभएको थियो । एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल गरिएको थियो । संवादमा पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिदैं मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने काममा विषयमा निर्देशन गर्नुभयो ।पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको र समग्र पालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको प्रयासहरुका विषयमा जानकारी गराउनुभएको थियो ।संवादका क्रममा पालिकाका प्रमुखहरुले दैनिक ज्यालादारी गरी

खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन समयमा उपलब्ध गराइदिनु हुन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । संवादका क्रममा मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्नका लागि आग्रह गर्नुभयो । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने र आवश्यक सहयोग प्रदेश सरकारले गर्ने मुख्यमन्त्रीज्यूले बताउनुभयो । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह सबै पालिका प्रमुखहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै घर पठाउने र केही दिनमै ¥यापिड टेस्ट सुरु हुने बताउनुभयो । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई थ्रुटस्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।सीमावर्ती क्षेत्रबाट पूर्णतःआवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको,

सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीले भन्नुभयो अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन पालिका प्रमुखहरुलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीले दाताले सिधै राहत वितरण गर्न रोक लगाउन निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने बताउनुभयो ।कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्दे अरु प्रदेशबाट आउने नाकामा कडाई गर्न अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभयो । कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पु¥याउन मुख्यमन्त्रीले पालिका अध्यक्षलाई आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि