जैसवाल परिवारद्वारा २५० घरपरिवारलाई राहत बितरण

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
118 Shares


रबिन्द्र यादव / नवलपरासी – बिश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव नेपालमा पनि परेको छ । कोरोना भाईरस बाट बच्न नेपाल सरकारले चैत ११ गते देखी नेपालमा लकडाउन लागु गरे पछि कोरोना भाईरस बाट जोगिन लकडाउन गरेको हो । त्यो लकडाउनले नेपालमा रहेको गरिब दलित र ज्याला मजदुरी गर्ने मजदुरहरुको लागि कहर बन्दै गरेको देखीन्छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ बेलवानीमा बुधबार ओमप्रकाश जैसवालको नेतृत्वमा ५ जनाको टोलीले गरिब बिपन परिवारको लागी ब्यक्तीगत आर्थिक सहयोगमा दुई सय पचास घर परिवारलाई ५ केजी चामल

, एक केजी दाल , एक केजी आलु ,एक केजी नुन लगायतका दैनिक उपभोग खद्दानको सरसमानहरु राहत स्वरुप गरिब,बिपन परिवारलाई राहत बितरण गरेका हुन । स्थानीय स्थानीय ओमप्रकाश ,रामशरण हजाम , चन्द्रभुषण यादव , कन्हैया जैसवाल र अमरनाथ जैसवाल लगायतका समाजसेवीहरुले दुई सय पचास घर परिवारलाई राहत बितरण गरेका हुन। समाजसेवी ओमप्रकाश जैसवाल कुनै पनि बेला आपतविपतमा सहयोग गर्दै आउनु भएको स्थानियहरुले बताएका छन् । राहत लकडाउनको पालना गर्दै वितरण गरिएको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया