तिमी आफू बन बाकी सबै प्रयोगमा आइसकेका छन्

२७ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


जिग जिग्लर अमेरिकी लेखक, सेल्स्म्यान तथा प्रेरक वक्ता हुन् । उनका पुस्तक तथा प्रेरक मन्तव्यहरु संसारभर प्रसिद्ध छन् । सन् १९२६ नोभेम्बर ६ मा जन्मिएका जिग्लरको मृत्यु ८६ वर्षको उमेरमा सन् २०१२ नोभेम्बरमा भएको थियो ।उनका ११ प्रेरक भनाइहरु : १. तिमीलाई सुरुवात गर्नका निम्ति महान हुनुपर्छ भन्ने छैन तर महान बन्नका लागि भने अहिल्यै देखि सुरुवात अवश्य गर्नुपर्ने हुन्छ ।२. जिन्दगीमा कसैलाई पनि गाली नगर । राम्रा मानिसले तिमीलाई खुसी पार्ने छन्, खराब मानिसले अनुभव दिनेछन्, खत्तम मानिसले पाठ सिकाउनेछन अनि उत्तम मानिसले यादगार बनाउनेछन् ।३. तिमीले जीवनमा चाहेको हरेक पाउँनेछौ यदि तिमीले अरु मानिसले के चाहेका छन् सो प्राप्तिका निम्ति सहयोग गर्दछौ भने ।४. जिन्दगी भनेको प्रतिध्वनी जस्तै हो : जे रोप्छौ त्यही फल्दछ, जे दिन्छौ त्यही प्राप्त गर्दछौ, अनि अरुलाई जस्तो देख्छौ आफूमा पनि त्यही भएको पाउँदछौ ।५. जब तिमी समस्यामा ध्यान केन्द्रित गर्दछौ भने अझ धेरै समस्या देख्दछौ तर यदी सम्भावनातर्फ ध्यान लगाउँदछौ भने अरु बढी अवसर भएको पाउनेछौ ।६. ती चीजहरु जुन दिन पनि मिल्न सक्छ तर जति दिए पनि सक्दैन तर आफुसँगै रहने चीजहरु मध्य सबैभन्दा उत्कृष्ट भनेको –तिम्रो शब्द, एक मुस्कान र कृतज्ञ हृदय हो ।७. आफ्नो सपना पुरा गर्नबाट जति पनि असफल भएका छन् ति आफूमा क्षमता नभएर होइन बरु दृढ संकल्प नभएर हो ।८. खराब र विषाक्त व्यक्तिहरुले तिम्रो दिमागमा भाडा जमाएर बस्न नदेउ । भाडा ह्वात्तै बढाइदेउ र उनीहरुलाई लात हानेर निकाल्देउ ।

९. आज तिमीले जे गर्दछौ त्यसैले नै भोलिको तिम्रो पुरै जीवन बदलिनेछ ।१०.चिन्ताले हिजोको समस्यालाई दुर गर्दैन झन बरु आजको शान्ति र चैनलाई भने पक्कै दुर गर्दिनेछ ।११. हिजो त राति नै समाप्त भइसक्यो आज त नयाँ दिन हो ।थप यो पनि – विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् ।उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ ।ओस्कर वाइल्डका ११ भनाइहरु – १. हृदयमा प्रेम जोगाइराख । प्रेम बिनाको जीवन सूर्यको अनउपस्थितीमा लोलाएको फूलको वृक्षजस्तै हुन्छ ।२. साचो मित्रले सधै तिमीलाई अघि बढ्न मदत गरिरहन्छ ।३. एउटा साधरण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।४.अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो ।५. महिलाहरु प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन् ।६. हामी सबै नालीमा बाचिरहेका छौं तर कोहीकोहीका नजर चम्किला ताराहरुप्रति छ।७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाइ प्रेम गर्छिन् त सर्वस्व सुम्पिन्छन् ।८. सत्य दुर्लभ रुपमा सत्य हुन्छ तर साधरण कहिल्यै हुदैन ।९. यदि कुनै पुस्तक पटकपटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।१०. तिमी आफू बन बाकी सबै प्रयोगमा आइसकेका छन् ।११. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया