प्रभु बैंक बर्दघाटद्धारा खाद्य सामाग्रि हस्तान्तरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।
चैत्र २७
नवलपरासी । प्रभु बैंक लिमिटेड बर्दघाट शाखाले बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याललाई आज रु ७५ हजार रुपैयां बरारको खाद्य सामाग्रि हस्तान्तरण गरेको छ । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले खाद्य सामग्रि हस्तान्तरण गरिएको प्रभु बैंक बर्दघाटका शाखा प्रमुख शेषमणि पटेलले बताउनु भयो । पटेलका अनुसार २० केजी का ५८ बोरा चामल हस्तान्तरण गरिएको हो ।