अमेरिकामा थप एक नेपालीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, चैत्र २७ – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । क्वीन्सको एल्मर्स्ट अस्पतालमा नेपाली नागरिक ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।@kathamandupress