यो वर्षको घटस्थापना देखि कात्तिक ७ गतेसम्म प्रदेश नम्बर ५ मा ५६ वटा दुर्घटना भए

प्रकाशित मिति:

यो वर्षको घटस्थापना अर्थात असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म प्रदेश नम्बर ५ मा ५६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २५ जना मानिसको ज्यान गएको सङ्घीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । ती सवारी दुर्घटनामा ७८ जना घाइते भएका छन् । तीमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने ३१ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । सर्वसाधारण जनता यात्रीहरुले सरोकारवाला निकाय र सरकार दुर्घटना न्यूनिकरण गर्न गम्भिर नवन्दा समस्या घट्नुको साटो बढेर गऐको गुनासो गरेका छन् ।
त्यस्तै , यातायात व्यवस्था कार्यलय बुटवलका अनुसार आर्थिक वर्ष ०७४÷०७५मा मात्रै ७७ हजार ३ सय ५० नया सवारी दर्ता भएको छ । प्रति दिन सवारी साधन बढ्नु तर सावारी चापअनुसार सडकको भौतिक पूर्वाधारको विकास नहुनु पनि सवारी दुर्घटना वढ्नुको कारण भएको यात्रुहरुले बताएका छन ।