बुटवलका समाजसेवी शेर बहादुर गुरुङद्धरा सरकारलाई रकम हस्तारण

प्रकाशित मिति:

बुटवल चैत २७ । सरकारले स्थापना गरेको विपत व्यावस्थापन राहत कोषमा बुटवलका समाजसेवी शेर बहादुर गुरुङले सरकारलाई रकम प्रदान गरेका छन्। बुटवल उपमहानगरपालिका ११ निवासी समाजसेवी शेरबहादुर गुरुङले सरकारको बिपत ब्यबस्थापन लागि संचालन गरेको राहत कोषमा सहयोग पूराउने उदेश्यले प्रदेश सरकार र संघिय सरकारलाई रकम प्रदान गरेका छन् ।

पूर्व राजसभा सदस्य समेत रहेका समाजसेवी गुरुङले प्रदेश नम्बर ५ मुख्यमंत्री शंकर पोखरेल आज मुख्यमन्त्री कार्यालयमा १ लाख रुपयाँ नगद हस्तान्त्रण गरेका छन् । भने प्रदेश नम्वर ४ र संघिय सरकारलाई पनि बैकवाट एक एक लाख रुपयाँ दिदै छन् ।

पर्वतमा जन्मिएका समाजसेवी गुरुङले विपतको बेला सहयोग गर्नु सबैको दाहित्व भएको भन्दै आफ्नो जन्मभूमि प्रदेश नम्बर ४ र संघीय सरकारलाई पनि राहत कोषमा रकम हस्तान्तरण गर्ने बताए। त्यसका लागी ४ नम्बर प्रदेश मूख्यमन्त्री पृथ्वी गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग कुराकानी भएको उनका छोरा अशोक गुरुडले बताए ।

यस क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा लामो समय काम गरेको ९२ बर्षिय गूरुडले सरकारले स्थापना गरेको राहत कोषमा आफुले पनि एउटा ईटा थप्पे उदेस्यले नगद हस्तारण गरेको बताए । उनले विश्वभर नै समस्या भएको बेला सवैले सरकारलाई सहयोग गनुपर्ने बताए