दाङमा पतिको कुटपिट बाट पत्निको मृत्यु

प्रकाशित मिति:

दाङमा पतिको कुटपिट बाट पत्निको मृत्यु भएको छ । घोराही उप–महानगरपालिका १२ गुर्जे निवासी ४१ रामबहादुर नेपालीको कुटपिट वाट उनकी ३७ बर्षीया पत्नि चम्पी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान शाखाका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । प्रहरीका अनुसार मदिराले मातेका दुबै पति पत्निका विचमा कार्तिक ४ गते मध्य रातमा कुटाकुट भएको थियो भने मृत्यु ५ गते दिउँसो ५ बजेतिर भएको थियो । मृतक नेपालीको बायाँ आँखार शरिरका विभिन्न भागमा निलडाम देखिएको प्रहरीले जानकारी दिएको छ । पति रामबहादुरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै दाङको भालुवाङमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् । राप्ती नदीको तटबन्ध क्षेत्रमा जालीमा अड्किएको अवस्थामा ती युवाको शव बुधवार फेला परेको प्रहरीले जानकारी दिएको छ । टाउकोमा घाउ देखिएको हुँदा ती युवाको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
तर मृतकको पहिचान भने भइसकेको छैन । शव पोष्ट मार्टमको लागि काठमान्डौं स्थित टिचिङ हस्पिटलमा पठाइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले जानकारी दिए ।दाङमा उच्च प्रविधिको पोष्ट मार्टम गर्ने उपकरण नभएको हुँदा शवको पोष्ट मार्टम गर्न काठमान्डौं पठाइएको प्रहरीले बताएको छ ।रोल्पामा पतिको खुकुरी प्रहार वाट पत्निको मृत्यु भएको छ । गंगादेव गाउँपालिका वडा नं. ५ निवासी ४३ बर्षीय पति सुकलाल सार्कीको खुकुरी प्रहार वाट उनकी ३९ बर्षीया पत्नि देविसरा सार्कीको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख एवं डिएसपी प्रदिप खड्काले जानकारी दिए । बुधवार राति ११ बजेतिर आफ्नै घरमा सुतिरहेकी पत्निलाई सुकलालले खुकुरी प्रहार गरि हत्या गरेका थिए । हत्या आरोपित सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको डिएसपी खड्काले जानकारी दिए ।