कोभिड १९ राहत कोषमा साढे १९ लाख बढी संकलन

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा आजसम्म साढे उन्नाईस लाखभन्दा बढी संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा बिहीबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. उन्नाईस लाख ५३ हजार ८ सय ७८ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा वालिङ १ रामबाच्छाका क्याप्टेन रुकबहादुर गुरुङले १५ हजार, वालिङ १० भकुण्डेका टेकबहादुर थापाबाट ११ हजार १ सय ११, कुँवर सेवा समाज वालिङबाट ११ हजार १ सय ११, वालिङ ९ भुम्रे निवासी सूर्यनारायण श्रेष्ठबाट सात हजार ५ सय १०, बोलबम समिति वालिङबाट ७४ हजार बराबरको खाद्यान्न, अर्मादी कल्याणकारी समाज काठमाडौबाट २५ हजार, वालिङ ८ निवासी अनन्तराज डुम्रेबाट १५ हजार, आँधीगंगा यातायात कम्पनी प्रालिबाट ३० हजार, मायादेवी श्रेष्ठ साँखु काठमाडौंबाट १० हजार, अरहन्त फाउण्डेशनबाट १२ हजार ५ सय, नेवाः समाज वालिङबाट १२ हजार, वालिङ ८ मा रहेको भीमसेन बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच हजार १ सय, राधाकृष्ण वचत तथा ऋण सहकारी संस्थाबाट पाँच हजार, वालिङ १ का केशवराज काफ्लेबाट पाँच हजार ६ सय, वालिङ १४ की संगीता अर्यालबाट सात हजार ५ सय ५५, वालिङ होटल ब्यावसायी संघबाट २० हजार, तमु ह्युल छोजधी इकाई संघ रामबाच्छाबाट ७१ हजार ६ सय ६६ गरी पछिल्लो दुई दिनमा कूल तीन लाख ३८ हजार १ सय ५३ संकलन भएको हो ।

नगरपालिकाको राहत कोषमा हालसम्म नगद अठार लाख, ५ हजार ८ सय ७८ र खाद्यान्न एकलाख ४८ हजार गरी कूल उन्नाईस लाख ५३ हजार ८ सय ७८ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।