पाल्पाका दुई अस्पताल लाई पिपिई बितरण

प्रकाशित मिति:

पाल्पा ,२७ चैत । राष्ट्रिय आबिस्कार केन्द्रले पाल्पाका दुई अस्पताल लाई पिपिई बितरण गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको संयोजनमा आज पाल्पा जिल्ला अस्पताल र मिसन अस्पताललाई पाँच रपाँच थान पिपिई हस्तान्तरण गरेको हो । पाल्पा जिल्ला अस्पतालका अध्यक्ष नेत्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप खस्लामि मगरले अध्यक्ष पाण्डेलाई पाँच थान पिपिई हस्तान्तरण गरेका हुन ।सो अवसरमा बोल्दै जनमुक्ति पार्टीका उपमहासचिव अस्लामिले स्वास्थ्यकर्मी सुरक्षित रहे मात्रै नागरिक सुरक्षित हुने भएकोले आफुले यश क्षेत्रका अस्पतालहरूलाई पिपिई उपलब्ध गराउन पहल गरेकोे बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका स्वयंसेवक प्रेम थापाले बिशेष कपडाबाट बनाइएको पिपिई एक पटक प्रयोग गरेको ४८ घण्टा पछि सेनिटाइज गरेर पुन प्रयोग गर्न सकिने जानकारी दिए ।

पाल्पा अस्पतालकि नर्सिङ इन्चार्ज लक्ष्मि डिसिले अस्पतालले आफै पनि केही पिपिई बनाएर भए पनि प्रयोग गरेको अवस्थामा आविष्कार केन्द्रले गुणस्तरीय पिपिई उपलब्ध गराएकोमा खुसि व्यक्त गरिन ।कठिन अवस्थामा पनि आफुहरूले सेवा गर्न तयार रहे पनि सरकारि निकायबाट उचित परामर्श नपाएको गुनासो गरिन् ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष डव गर्बुजा,समाजसेवी सौन्दर्यवति शाक्य,स्पास्थ्यकर्मि नारायण कार्की,नारायण राना लगायतको सहभागिता रहेकोे थियोे ।आजै सो टोलिले पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा पनि पाँच थान पिपिई हस्तान्तरण गरेको छ ।पिपिई बुझ्दै मिसन अस्पतालकि प्रमुख रचेल कारखले आफुहरूसँग केही थान पिपिई भए पनि पर्याप्त नभएको अवस्थामा प्राप्त भएको पिपिईले ठुलो राहत मिलेको बताइन् ।आविष्कार केन्द्रले मंगलबार चितवनका तीन सामुदायिक अस्पतालमा बुधबार नवलपुर स्थित मध्यबिन्दु अस्पताल र नवलपरासी पश्चिम बर्दघाट स्थित चिसापानी अस्पताल र आज रूपन्देही को देवदह स्थित देवदह मेडिकल कलेज,भैरहवा स्थित भिम अस्पताल र बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल समेत पाँच रपाँच थान पिपिई बितरण गरेको सो टोलिमा सहभागी नारायण रानाले जानकारी दिए ।केन्द्रले आजै पाल्पाको भुसलडाडा स्थित न्यु एकता क्लवद्वारा सञ्चालित एम्बुलेन्स चालकका लागि समेत एक थान पिपिई हस्तान्तरण गरेको छ ।