१८औँ स्थापना दिवसको अवसरमा कल्याणकारी द्धारा रक्तदान

प्रकाशित मिति:

१८औँ स्थापना दिवसको अवसरमा कल्याणकारी बहुउद्देश्याीय सहकारी संस्था लिमिटेड , बुटवल ८ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार संस्थाको कार्यलयमा सञ्चालन भएको कार्यक्रममा रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रम बारे जानकारी गराउदै संस्थाका अध्यक्ष डोल प्रसाद अर्यालले सहकारीले आर्थिक कारोवार मात्र नभई सामाजिक कार्यहरु समेत गर्नुपर्ने बताउदै संस्थाले १२ बर्ष देखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थाले लायन्स आखाँ अस्पताल बुटवलको प्राविधिक सहयोगमा निशुल्क आखाँ निरिक्षण कार्यक्रम समेत सञ्चालन गरेको समेत जानकारी दिनुभयो । रक्तदाता समाज नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रुपन्देहीमा रहेका संस्थाहरुको सहयोगका कारणले रुपन्देहीमा रगत अभाव नभएको बताउनभयो । कार्यक्रममा ६८ युनिट रगत संकलन गरेको रक्तदानकार्यक्रमका संयोजक तथा संस्थाका कोषाध्यक्ष दोल राज पाण्डेले जानकारी दिनुभयो ।कार्यक्रममा सचिव लक्ष्मण आचायको सञ्चालन रहेको थियो ।