कोरोनाभाइरस :अमेरिकामा २४ घण्टामा १ हजार ९०० को मृत्यु

प्रकाशित मिति:

काठमाडौं/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ ।अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २५ हजार ९२८ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । करिव ४ लाख २६ हजार उपचाररत छन् ।चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६९२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख ३ हजार बढी रहेको छ ।खबरहब बाट साभार