प्रदेश नम्बर ५ को उत्कृष्ट विद्यालयमा कपिलबस्तुको जनता मावि छनोट

प्रकाशित मिति:

हरेक वर्ष सामुदायिक विद्यालयमा सरकारको करोडौं रुपैयाँ खर्च भएपनि शैक्षिक गुणस्तरमा भने खासै सुधार भएको पाइँदैन । तर कपिलवस्तुको जनता मावि पिपराले भने सिमित साधन र स्रोतका विचपनि सँस्थागत विद्यालयलाइ पठनपाठनमा चुनौती मात्र दिएको छैन प्रदेश नम्वर ५ कै उत्कृष्ट विद्यालय छनौट भएको छ । २०१८ सालमा स्थापना भएको कपिलवस्तुको जनता माध्यमिक विद्यालय पिपरामा नेपाली र अँग्रजी दुवै माध्यमबाट पठनपाठन हुने गर्दछ । कपिलवस्तु लगायत तराइका कतिपय जिल्लाका सामुदायिक विद्यालयमा शिक्षक अनुपातमा विद्यार्थी सँख्या न्युन छ । त्रर जनता मावि पिपराले भने आपनै स्रोत र साधनबाट १६ सय विद्यार्थिलाइ पठनपाठन गराउँदै आएको छ । सरकारले आवश्यक दरवन्दी, भौतिक पुर्वाधार, थप प्रविधि विकासका लागी सहयोग गरेमा प्रदेशको उत्कृष्ट मात्र होइन देशकै नमुना विद्यालय बनाउने प्रधानध्यापक रमेश पँन्थीको दावी छ ।

राजनितिक दलको आडमा राज्यको करोडौ रुपैयाँबाट आपना नातागोतालाइ जागीर खुवाउनकै लागी झोले विद्यालय देखाउने नतिजा भने शुन्य प्राय हुने विद्यालयलाइ दष्डीत र उत्कृष्टलाइ पुरस्कृत गर्ने हो भने सरकारको लगानी बालुवामा पानी शरह नहुने शिक्षाविद् बताउँछन् । सरकारी र निजि स्रोत गरी ७० जना शिक्षक, शिक्षिका र कर्मचारी यस विद्यालयमा कार्यरत छन् ।