गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण

प्रकाशित मिति:

गोविन्द वस्नेत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यस्तो संवेदनसिल अवस्थामा सवैभन्दा वढी खटिएका नेपाल प्रहरीलाई गोर्खाली युवा सशक्तिकरण सस्थाद्वारा बुटवलको प्रहरी विटहरुमा ३५ वोतल निशुल्क सेनेटाईजर वितरण गरुेको छ ।
गोर्खाली युवा सशक्तिकरणका अध्यक्ष भरत पुरीले कोरोना भाइरसको त्रासभन्दा पनि सावधानीतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

अध्यक्ष पुरीले सरकारले सवैभन्दा वढी खटिएका नेपाल प्रहरी जवानको भत्ता वढाउनुको सट्टा प्रहरीहरुको भत्ता कटौति गरी राहत कोषमा हाल्ने निर्णय गलत भएको जताउनु भयो । यस अघिपनि प्रतेक हप्ता गोर्खाली युवा सशक्तिकरणले निशुल्क खाना वितरण लगायतका सामाजिक कामहरु गर्दै आएको छ ।