भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक

२८ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
73 Shares


तिलोत्तमा/तिलोत्तमा नगरपालिकाले कोरोना महामारी विरुद्धको पूर्वतयारीलाई अझैं प्रभावकारी बनाउन लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको परिपालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको कार्यपालिकाको ८२ औं बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीका कामको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो ।

कोरोनाको कारण भिडियो कन्फरेन्सबाट गरिएको बैठकमा अधिकांश कार्यपालिका सदस्यहरु सहभागी रहेको प्रेस सल्लाहकार बीपी गौतमले जानकारी दिनुभयो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा नगरपालिका कार्यालयमा रहनुभएको थियो भने अन्य कार्यपालिका सदस्यहरु आआफ्नो वडा कार्यालय तथा घरबाटैं भिडियो कन्फरेन्स बैठकमा सहभागी हुनुभएको थियो ।

२८ सदस्यीय तिलोत्तमा नगरकार्यपालिकाको बैठक व्यक्तिबीचको दुरी कायम राख्ने सन्देशका लागि समेत भिडियो कन्फरेन्सबाट गरिएको प्रेस सल्लाहकार गौतमले बताउनुभयो । बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना पूर्वतयारीका सन्दर्भमा हालसम्म भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो भने उपप्रमुख जागेश्वरी चौधरीले राहत वितरणको बारेमा जानकारी गराउनुभएको थियो ।बैठकले लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरीको क्रियाशीलता बढाउने, टोल विकास संस्थालाई परिचालन गर्नेलगायतका निर्णय गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कामहरु गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ । नगर प्रमुखको अध्यक्षतामा गठित सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नेकपा तिलोत्तमा अध्यक्ष, नेपाली कांग्रेसका नगर सभापति, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख, प्रवक्ता, विपद् व्यवस्थापन समिति संयोजक, स्वास्थ्य शाखा संयोजक, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…