रामग्राम नगरपालिका राहात कुहिएको चामल

२८ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
86 Shares


शान्ति तिवारी
चैत्र २८ गते
नवलपरासी ।
नवलपरासीको सदरमुकाममा रहेको रामग्राम नगरपालिकाले अतिविपन्नहरुलाई कुहीएको चामल राहात स्वरुप दिएको पाइएको छ । नगरपालिकाले प्रदान गरेको राहातमा चामल कुहीएको र ढुंगाा समेत भएकोले खान नमिल्ने रहेको भन्दै विपन्न परिवारले दुखेसो गरेका हुन । दैनिक ज्यालामजदुरी गर्ने रामग्राम नपा वडा ६ पोखरापाली र वडा ११ रानी पाकडका विपन्न परिवार र स्थानीय बासिन्दालाई वितरण गरेको चामल कुहिएको बितरण गरेको स्थानीयले बताए । चामल खान उपयुक्त नदेखिए पछी वडा ६ का स्थानीयले वडा ६का अध्यक्ष जितेन्द्र अग्रहरीको घरमा र वडा ११का स्थानीयले नगरपालिकाको गेटमा फाल्दिएका छन ।
नगरपालिकाले के राहात दिएको हो ? चामल कुहिएको छ, यस्तो चामलले स्थानीयबासीहरुको स्वास्थ्यमा खेडवाड गरेको भन्दै आक्रोसित जनताले केहि समय नाराबाजी समेत गरेका थिए एक स्थानीय बताउछ्न ।


स्थानीयले फोन गरेर बताए पछी यस बिषयमा थप बुझ्नका लागि नगरपालिका उपप्रमुख रम्भा कुवरलाइ टेलिफोन गरि बुझ्दा मैले नगरपालिकाको बिषयगत समितिमा कुरा उठाएको चामल गुणस्तरीयहिन भएको पाइयो चामल कालो कुहिएको र ढुङ्गा समेत देखिएको छ यो चामल नबाडौ जनताको जनभावना र जस्वास्थ्यमा खेलवाड गर्नहुन्न भन्दै कुरा उठाएको जानकारी दिएको बताउनु भएको छ । यश बिसयमा उपप्रमुखले राहत सामग्री किन्ने र वितरण गर्ने जिम्मेवारि नगर प्रमुखलाई दिएको बताउनु भएको छ ।


खान अनुपयुक्त चामल वितरण गरेका मेयरले स्वास्थ्य सुरक्षामा ख्याल नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । तर नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको गुनासो राहत पाएकाहरुले गरेका छन । कोरोना भाईरसको संकमण जोखिम बढेको बेला दैनिक मजदुरी गर्नेको जिवन यापन कठिन भएको भन्दै नगरापालिकाले नगर भित्रका मजदुर र अति बिपन्न बर्गलाई खाद्यान्न वितरण गर्ने घोषणा गरेको थियो ।


रामग्रामका हरि चौधरीले नगरपालिकाले दिएको चामल गुणस्तरहिन भएको भन्दै राहतको नाममा यस्तो कार्य रोक्न माग गरे । गरिवले खाने चामल खान योग्य समेत नदेखिएको भन्दै उनले यस विषयमा सम्बन्धीत निकायको ध्यान जानु पर्ने बताएका थिए । गरिवको स्वास्थ्यमा खेलवाड नहोस उनले भने । चामल समेत गुणस्तरहिन र खान योग्य नभएको पाएपछी राहत पाउनेहरु निराश भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…