शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई

२८ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2K Shares


बुटवल, २८ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्युठान जिल्लालाई ५० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) दिएको छ । बैंकले शुक्रबार प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलाई उक्त पीपीई सेट हस्तान्तरण गरेको हो । बैंकको प्युठान बिजुवार शाखाका इन्चार्ज मेघराज पोखरेलले शुक्रबार हस्तान्तरण गरेका पीपीई सेट प्युठान नगरपालिका, प्युठान जिल्ला अस्पताल, ऐरावती,नौ बहिनी, झिमरुक, सरुमारानी, गौमुखी र माण्डवी गाउपालिका, जिल्ला प्रहरी कार्यालय, खलंगा र भिंगृ स्वास्थ्य केन्द्र, नेपाली सेना र सशष्त्र प्रहरी गणलाई नगरपालिकाले आवश्यकता अनुसार बांड्ने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले बताए । यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको थियो । त्यस अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्र र स्थानीय तहहरुमा कोभिड–१९ का शंकास्पद विरामीको उपचारका लागि पीपीई सेट अभाव रहेको भन्दै बैंकसंग सहयोगको आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह अनुसार प्युठानमा बांडिएको र प्रदेशका अन्य जिल्लामा पनि क्रमशः पीपीई सेट वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । प्रदेश ५ को पहिलो र एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाका प्रदेश ५ का १० जिल्ला,गण्डकी प्रदेशको बागलुङ बुर्तिबाङ र बागमती प्रदेशको चितवनमा गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…