लकडाउनमा स्याङ्जाली बिद्यार्थी नेता कृषि कर्ममा

प्रकाशित मिति:

सबिन डोटेल स्याङ्जा ।

उनीहरु भन्छन्,‘लगडाउनले हामीलाई घरमा बन्द गराएको नभएर उत्पादनमा जोडिने अवसर दिएको छ ।’

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लगभग पुरा बिश्व नै लगडाउनमा रहेको अवस्थामा यसबाट नेपाल पनि अछुतो रहेन तर यो मौकालाई अवसरको रुपमा सदुपयोग गर्दै स्याङ्जाको गल्याङ बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी संघ तीन जना नेताहरु यति बेला व्यावसायी कृषिमा रमाएका छन् । गल्याङ् बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियन सभापति प्रेम रेग्मी ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य तथा गल्याङ नगर सभापति प्रदिप पाण्डेय र नेपाल विद्यार्थी संघ जिल्ला सदस्य तथा गल्याङ बहुमुखी क्याम्पस सभापति छबिलाल भुसालले लकडाउनको सदुपयोग गर्दै आफुलाई कृषिमा व्यस्त बनाएका हुन् ।

बिद्यार्थी नेता प्रदिप पाण्डेय आफ्नै नर्सरीमा बिरुवाको हेरचाहमा ब्यस्त छन् । उनले कागती, एभोकाडो, किवी, तरबुजा लगाएतका बिरुवा हुर्काइरहेका छन् । पाण्डेयले बिभिन्न प्रजातीका बिरुवाहरु गरि एक लाख पच्चीस हजार भन्दा बढी बिरुवा उमारेको बताए ।

बिद्यार्थी नेता रेग्मीआफुसँग भएको सिपको सहि सदुपयोग गर्दै डोको बुन्ने काममा ब्यस्त रहेका छन साथै उनले असारमा कागतीको बिरुवा लगाउने तयारीमा जुटेको समेत बताए । उनले आफु मात्र हैन गाउँमा अरुलाई पनि कागती लगाउन प्रेरिरत गर्दैछन् । ‘गाउँका अन्य युवाहरुलाइ पनि कागती लगाउन भनिरहेको छु,’सवल पोष्टसँग कुरा गर्दै उनले भने,‘सबै मिलेर हाम्रो गाउँमा यो पाली करिब ५ सय ओटा बिरुवा कागति लगाउँदै छौं ।’

बिद्यार्थी नेता छबिलाल भुसाल तरकारी खेतीको काम सकेर माछापालनका लागि खाडल खन्ने काममा लागेका छन् । उनले अहिलेको समयमा तरकारिमा घिरौंला, काँक्रो, करेला लगायतका बिरुवा लगाएका छन् ।

उता अर्का बिद्यार्थी नेता प्रदिप पाण्डेय आफ्नै नर्सरीमा बिरुवाको हेरचाहमा ब्यस्त छन् । उनले कागती, एभोकाडो, किवी, तरबुजा लगाएतका बिरुवा हुर्काइरहेका छन् । पाण्डेयले बिभिन्न प्रजातीका बिरुवाहरु गरि एक लाख पच्चीस हजार भन्दा बढी बिरुवा उमारेको बताए । ‘बिश्वब्यापी रुपमा फैलिएको महामारीले पुरा मानव जगत लकडाउनमा रहेको समयले सबैलाई असर पारेको छ ।,’ उनले भने,‘ यो समयमा हामी उत्पादनमा जोडिन आवश्यक रहेको छ । यसैगरि यो महामारिबाट पार नपाउने हो भने भबिस्यमा भोकमरि आउने सम्भावना रहन्छ ।’ उनी यो पिडाबाट पनि बच्न उत्पादनमा नै जोडिनु पर्ने बताउँछन् । उनी भन्छन् ,‘उत्पादनमा जोडिदै गर्दा युवा साथिहरुलाई कृषि तथा उत्पादनमुलक व्यावसायमा जोडिन अनुरोध गर्दछु ।’

त्यस्तै, बिद्यार्थी नेता छबिलाल भुसाल तरकारी खेतीको काम सकेर माछापालनका लागि खाडल खन्ने काममा लागेका छन् । उनले अहिलेको समयमा तरकारिमा घिरौंला, काँक्रो, करेला लगायतका बिरुवा लगाएका छन् । उनले १० ओटा मौरीका घारमा मौरिपालन पनि गरिरहेका छन् । भुसालले ब्यावसायिक रुपमा माछापालन गर्नका लागि खाडल खन्ने काम सुरु गरेको बताए । उनले भने,‘सुरुमा करिब ४ हजार माछाका भुरा राख्ने योजना छ ।’

यि तीनै जना नेपाल बिद्यार्थी संघका नेताहरु उत्पादनमा जोडिनु उनीहरुका लागि राम्रो मात्र नभएर सम्पुर्ण युवाहरुका लागि अनुकरणिय कार्य बनेको छ । विदेशीने सोंच बोकेका युवाहरुलाई स्वदेश मै केही कार्य गर्न र जिविकोपार्जनमा सरिक हुन उनीहरुले अपिल गरेका छन् । उनीहरु भन्छन्,‘लगडाउनले हामीलाई घरमा बन्द गराएको नभएर उत्पादनमा जोडिने अवसर दिएको छ ।’