तिनाउ मिसन बैंकले अस्पताललाई दियो पीपीई सेट

२८ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
440 Shares


बुटवल/ तिनाउ डेभलपमेन्ट बैंक लि.का बुटवल हस्पिटललाईन र सुख्खानगर शाखाले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई चिकित्सकहरुको लागि अत्यावश्क हुने पीपीई सेट ( व्यक्तिगत सुरक्षा सामाग्रि) सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।हालैका दिनमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट नेपाल समेत प्रभावित भएकाले चिकित्सकहरुलाई सम्भावित संक्रमितहरुको अग्रभागमा रहेर औषधि उपचार गनुपर्ने भएकोले उनीहरुको सुरक्षाको लागि बैंकले पीपीई हस्तान्तरण गरेको हो ।

करिब ३५ हजार मुल्य बराबरका ८ थान पीपीई सेट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ, हस्पिटललाईनका शाखा प्रबन्धक एकनारायण अर्याल, कर्जा विभाग प्रमुख विष्णु गौतम, माईक्रो फाईनान्स विभाग प्रमुख लक्ष्मण भट्टराई र सुख्खानगर शाखा प्रबन्धक कृष्णप्रसाद पन्थीको उपस्थितिमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेडिकल सुपरिटेनडेन्ट राजेन्द्रप्रसाद खानाललाई हस्तान्तरण गरिएको हो । उक्त समाग्री बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट योगदान गरेको हो । यसअघि बैंकले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयां जम्मा गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव