बुद्धभुमीमा राहत सामाग्री वितरणका लागि सर्वदलिय परामर्श समिति गठन

प्रकाशित मिति:

कपिलबस्तु / बुद्धभुमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खुमनन्द न्यौपानेको अध्यक्षतामा कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरी दैनिक रुपमा ज्याला मजदुरी गरी कार्य गर्ने श्रमिक वर्गहरुको सुरक्ष र कोरोना संक्रमण बाट जोगाउँन ती व्यािक्तहरुको परिवारिक विवरण लिन तथा राहत उपलब्ध गराउनको लागी वडा स्तरिय राहत सामाग्री विगतरणका लागि सर्वदलिय परमर्श समिति गठन गरेको छ ।

जसमा नेकपा वटा वामदेव खनाल, नेपाली काग्रेंसबाट चन्द्रभान थारु , गैर सरकारी संघ संस्थाको तर्फवाट रोमलाल खनाल, वितिय संघ संस्थाबाट चुरामणि पोख्रेल, आवसीय विद्यालय बाट कृष्ण प्रसाद भट्टराई, व्यापर संघवाट कमल अधिकारी, समुदायिक विद्यालयबाट टिकाराम पन्थी, क्यामपस तर्फबाट कृष्ण प्रसाद खनाल, उद्योग वणिज्य संघबाट विष्णु गैरे, युवा क्लबबाट प्रदिप खनाल, पत्रकारबाट गणेश बेल्बासे गरी ११ सदस्यीय मुल समिति गठन गरेको छ । त्यस्तै वडा सदस्य विभिन्न गरी २ टोल निर्माण गरेको छ १४ सदस्यीय निमार्ण गरिएको सदस्यको टोलीमा ७ जनाको नेतृत्व वडा अध्यक्ष खुमानन्द न्यौपानेले गर्नुभएको छ भने अर्का ७ जनाको टोलीको नेतृत्व चन्द्रभान थारुले गर्नुभएको छ । राहत सामाग्री माग गर्ने र त्यसको सवै व्यावस्थापन गर्ने कार्य उक्त परामर्श समितिले गर्ने गरी वडाको बैठक सम्पन्न गरिएको थियो । सो वैठकमा वडा सदस्यहरु फेरु थारु, कष्ण कुमार थारु, कमक्षी खनाल, वडा सचिव पार्वती पंन्थी लगायत बुद्धिजिवी, समाजसेवी गरी २० जनाको सहभागिता रहेको थियो ।