तरकारी बिकेन तर उनले निशुल्क वितरण गरे

प्रकाशित मिति:

सबल पोष्ट/

‘स्थिति यस्तो छ, बिक्री भएन भन्ने गुनासो हैन, बाँचिए अर्को वर्ष पनि कमाइएला,’उनले भने,‘कुनै सामाजिक संस्था मार्फत निशुल्क वितरणको लागि आह्वान गरें ।’

खेत भरि तरकारी छ तर बजारमा लैजान सक्ने अवस्था छैन । लकडाउनको कारण व्यापारीहरु किन्न आएका पनि छैनन् । चितवन खैरहनीका कृषक पुरन महतोको खेतमा पनि फर्सी, भण्टा, बन्दा लगायतका तरकारी बजार पठाउन पाएनन् । ‘बजार पठाउने बेलामा लकडाउन शुरु भयो पठाउन पाइएन, खेतमै सड्ने स्थिति आयो,’उनले भने,‘तरकारी लिन आउनेलाई पनि त्रास, बजारमा आफै लैजाने अवस्था पनि छैन ।’

कतै खेतमा कुहिने, कतै तरकारी नपाइने । महतोले सोंचे, यस्तो अवस्थामा तरकारीको अभाव भएकोले पाउनु पर्छ । ‘स्थिति यस्तो छ, बिक्री भएन भन्ने गुनासो हैन, बाँचिए अर्को वर्ष पनि कमाइएला,’उनले भने,‘कुनै सामाजिक संस्था मार्फत निशुल्क वितरणको लागि आह्वान गरें ।’

शुक्रबार उनले एक ट्याक्टर तरकारी एक सामाजिक संस्था मार्फत निशुल्क वितरणका लागि पठाए । सबल पोष्टसँग कुरा गर्दै उनले भनें,‘धेरै त छैन, भएको जति दिन्छु, कोही इच्छुक भए आउँदा हुन्छ ।’ महतो उनै हुन् जसको गत वर्ष वन्दा नबिकेर डोजर लगाउनु परेको थियो । उनको बन्दा बुटवलको दीप वोर्डिङ्ग स्कुलले सबै बिद्यार्थी मार्फत किनेर सहयोग गरेको थियो ।