covit-19 लाई लियर बिश्व भरका जनसम्पर्क समितिहरूको अनलाइन बैठक सम्पन्न

प्रकाशित मिति:

बिश्व जनसम्पर्क समितिका अध्यक्षहरुको अनलाई बैठक सम्पन्न, बिपदमा सम्यमित भएर रहन नेका जनसम्पर्क बिभागको अनुरोध कोरोना भाईरस कोभिड १९ को संक्रमणले अहिले बिश्व त्रसीद र भय मय भएको छ । चिनबाट फैलिएको यो भाईरसले यूरोप, अमेरिका हुंदै बिश्वका सबै राष्ट्रमा कष्टकर जिवन यापन गर्न बाध्य बनाईरहेको हामी सबैलाई अवगत नै छ । कोरोना भाईरसको संक्रमण बाट बच्न आज अधिकांस राष्ट्रहरुमा लकडाउनको स्थितिमा छ । भय, त्रास र कष्टकर जिवन जिई रहेका बिश्वभरका नेपालीहरुको बारेमा बस्तु स्थिति बुज्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुले ९ अप्रिल बिहिबारका दिन इन्टरनेट प्रविधिको प्रयोग गरी अनलाई भिडियो कन्फ्रेन्स बैठक सम्पन्न गरेको छन । बैठकमा जनसम्पर्क बिभाग केन्द्रिय संयोजक एबम नेका केन्द्रिय सदस्य गोबिन्द्र भटराई, नेका आमन्त्रित केन्द्रिय सदस्य एबम अमेरीका का अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समितिः अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, जापानका अध्यक्ष रोशन केसी, बहराईनका अध्यक्ष पदम सुन्दर गुरुङ, बेल्जियमका अध्यक्ष सीता सापकोटा, मकाउका अध्यक्ष लेख बहादुर गुरुङ, क्यानेडाका अध्यक्ष बुद्धि प्रकास ओली, डेनमार्कका अध्यक्ष बिरेन्द्र सिंह कार्की, यूएईका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना, दक्षिण कोरीयाका अध्यक्ष आस्था बिन्दु मल्ल, नर्बेका अध्यक्ष जितेन्द्र शाहि, फ्रान्सका अध्यक्ष सुधिर राना, स्वीजरलेण्डका अध्यक्ष श्याम सापकोटा, कतारका कावा अध्यक्ष शंकर न्यौपाने, जर्मनका अध्यक्ष शिखर खड्का, स्पेनका अध्यक्ष इन्द्र शर्मा, ओमनका कावा अध्यक्ष सालिक चापागाई, ईजराईलका अध्यक्ष खगेश्वर अधिकारी, हङकङका अध्यक्ष मिन गुरुङ, मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनि, कुवेतका अध्यक्ष राजेन्द्र बिरहि, साईप्रसका अध्यक्ष सिता अर्याल, पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, नेदरल्याडका अध्यक्ष प्रेमजंग गुरुङ, माल्टाका अध्यक्ष सन्देश केसी लगायतका अध्यक्षहरुले सहभागिता जनाएका थिए । नेपाली समय साँझ ५ बजे बाट शुरु भएको सो बैठक करि ४ घण्टा सम्म चलेको थियो । बैठकमा सबै देशका अध्यक्षहरुले कोरोना भाईरसको संक्रमणको बारेमा जानकारी दिदै नेपालीहरुको स्थितिका बारेमा बताएका थिए ।