ग्रामिण बैंकद्वारा ८ वटा सरकारलाई सहयोग प्रदान

प्रकाशित मिति:

हरिश ढकाल/बुटवल- ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ .। विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र सातवटै प्रदेश सरकारहरूले स्थापना गरेको छुट्टाछुट्टै कोषमा रकम जम्मा गरिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराइएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले जनाएको छ । संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र सातवटा प्रदेश सरकारको कोषमा २ लाख ५० हजारका दरले १७ लाख ५० हजार रकम जम्मा गरेको जनाएको छ ।