मन्त्री सुदर्शन बरालद्धारा भोर्जुअल मिटिङको शुरुवात

प्रकाशित मिति:

बुटवल/ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भोर्जुअल मिटिङ को शुरुवात गर्नु भएको छ । कोरोना भाइरस (कोभिड –१९)को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसंग भिडियो संवाद गर्नु भएको हो ।शुक्रवार कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको वारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गर्नु भएको थियो भने आवश्यक तयारीको सम्वन्धमा जानकारी गराउनु भएको थियो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै ¥यापिड टेष्टको लागि किट पठाई सकिएको बताउनु भयो । ‘आवश्यक परेको खण्डमा माग गर्नुहोला हामी तुरुन्तै पठाईदिन्छौ । उहांले भन्नु भयो– परिक्षणलाई तिव्रता दिन आरटि पिसिआर मेसिन थपेका छौ ।’ उहांले उच्च मनोवलका साथ स्वास्थ्यकर्मीहरुलाई कार्य खटाउन निर्देशन दिनुहुदै त्यसको वातावरण मन्त्रालयले मिलाउने बताउनु भयो ।उहांले जिल्लाका सबै अस्पतालहरुका सवै सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउन प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । साथै दिर्घरोगीहरुको लागि चाहिने औषधीको नियमित व्यवस्थापनको लागी पनि व्यवस्था गर्न निर्देशन दिनुभयो । लक डाउन लम्वीदै जादा अन्य विरामी मर्कामा पर्नुभएको छ । सबै सेवा सूचारु गराउने व्यवस्था मिलाउनुस । उहांले भन्नु भयो । उहाले जेष्ठ नागरिक असाहय अपाङगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

मन्त्री बरालले जिल्लाका स्थानीय तह, राजनितिकदल, विभिन्न संघ संस्थाहरुसंग सकार्य गरी कोरोना भाइरस नियन्त्रणको कार्य गर्न निर्देशन दिनु भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले स्वास्थ्य संग सम्वन्धीत जिल्लाका समस्याहरु समाधानको लागि प्रयास भईरहेको जानकारी गराउनु भयो ।भोर्जअल मिटिङलाई निरन्तरता दिईने छ । केही दिनमा जिल्ला स्थित अस्पतालका मेडिकल सुपरिटेण्डेन्टहरुसंग भोर्जुअल मिटिङ आयोजना गरिने छ ।