भिरबाट लडेका एक युवालाई शत्रुमर्दन गुल्म द्वारा उद्दार

प्रकाशित मिति:

बुटवल, २८ चैत । भिरबाट लडेका एक युवालाई शत्रुमर्दन गुल्म बाग्लुङले उद्दार गरेको छ । निसिखोला गाउपालिका वडा नं. ५ का १८ बर्षिय चन्द्रलाल वि.क.लाई गुल्मले उद्दार गरेको हो ।निसिल्ढोर जंगलमा घास काट्ने क्रममा रुखबबाट लडेका उनलाई गुल्मका सहायक गुल्मपती सह सेनानी नरेश अर्यालको कमाण्डमा रहेको टोलीले उद्धार गरी बुर्तिबाङ पठाएको छ ।परिबारले रुखबाट लडेर कम्मर र टाउकोमा गम्भिर चोट लागि अचेत भएको भन्दै सहयोग मागेपछि गुल्ममा रहेको बा १ झा १०९६ नं. को गाडिमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य कार्यालयमा उपचारका लागि पठाइएको गुल्मका सह सेनानी नरशे अर्यालले जानाकारी दिए । शत्रुमर्दन गुल्म ढोरपाटन सिकार आरक्ष क्षेत्रमा जिम्मेवारी हेर्दै आएको छ ।